१३ आश्विन २०८१ आइतबार
image/svg+xml

स्थानीयवासीको दबाबपछि राजमार्ग मर्मत शुरु

स्थानीयवासीको दबाबपछि पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्ड मर्मत शुरु भएको छ। उक्त खण्ड अन्तर्गत ठाउँ–ठाउँमा सडक भत्किँदा धुलो र हिलोबाट सास्ती भोगेका स्थानीयवासीले भदौ ४ गते सडक डिभिजन कार्यालयका प्रमुखसहित इञ्जिनीयरलाई कार्यकक्षमै नियन्त्रणमा लिएर दबाब दिएपछि आजबाट राजमार्गको मर्मत कार्य शुरु भएको हो।

मर्मत गरिँदै सडक

धनगढी उपमहानगरपालिका–३ मा सघन सहरी आयोजनाअन्तर्गत निर्माण गरिएको सडक एक महिनामै भत्किएपछि मर्मत गर्न थालिएको छ। नागरिक दैनिकमा सडक भत्केको समाचार प्रकाशित भएपछि मर्मत गर्न थालिएको हो।

रसुवागढी नाका जोड्ने सडक मर्मत

सडकका कर्मचारी र प्रहरी टोली परिचालन गरी रसुवागढी नाका जोड्ने सडक मर्मत सुरु गरिएको छ। सो सडक हिलाम्य भएको र खाल्डाखुल्डी परेपछि सवारी सञ्चालन गर्न कठिनाइ भएको भन्दै चौतर्फी दबाब सिर्जना भएकाले मर्मत सुरु गरिएको हो।

सडकका कर्मचारी र प्रहरी परिचालन गरेर रसुवागढी नाका जोड्ने सडक मर्मत सुरु

सडकका कर्मचारी र प्रहरी टोली परिचालन गरेर सडक मर्मत सुरु गरिएको छ। नाका जोड्ने सडक हिलाम्य भएको र खाल्डाखुल्डी परेपछि सवारी सञ्चालन गर्न कठिनाइ भएको भन्दै चौतर्फी दबाब सिर्जना भएपछि सडक मर्मत काम सुरु गरिएको हो।

वर्षा नसकिँदै ४५ पुलमा क्षति, मर्मत गर्न ४७ करोड चाहिने

वर्षा नसकिँदै यस वर्ष बाढी पहिरोले देशभरि ४५ पुलमा क्षति पुगेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबारको विकास तथा प्रविधि समितिको बैठकमा यस्तो जानकारी दिएका हुन्। मध्य बर्खा चलिरहँदा बाढी पहिरोले विकासमा ठूलो क्षति भएको हो।

सांसदको प्रश्न : संसदको एसी कहिले बन्छ ?

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरुले बैठक कक्षको एअर कन्डिसन बिग्रिएको देखि शून्य र विशेष समयमा उठेका विषयमा सरकार र सम्बन्धीत मन्त्रीबाट सम्बोधन हुन नसकेको भन्दै सम्बन्धीत निकायलाई निर्देशन दिन सभामुखको ध्यानाकर्ष गराएका छन्।

फिक्स्ड वायर्ड सेवामा ५० प्रतिशत मर्मत शुल्क

नेपाल सरकारद्वारा साउन १५ मा राजपत्रमा प्रकाशित सूचनामा ‘दूरसञ्चार सेवाअन्तर्गतका ‘फिक्स्ड वायर्ड’ सेवा प्रदान गरेबापत लाग्ने महसुलमा बढीमा ५० प्रतिशतसम्म मर्मत सम्भार शुल्क लगाउन सक्ने’ उल्लेख छ।

भत्केको तटबन्ध मर्मत नहुँदा स्थानीय त्रसित

बागमती तथा लालबकैया नदी नियन्त्रण कार्यालयका प्रमुख राजकुमार श्रीवास्तवले गत आवमा नयाँ कार्यालय स्थापना भएको हुँदा बजेट विनियोजित नभएकाले बजेटको अभाव रहेको बताएका छन्।

मर्मत नहुँदा जीर्ण बन्दै मूल नहर

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पछिल्लोपटक भत्केको एक वर्ष पूरा भइसकेको छ। पश्चिम मूल नहरको ढकेरीस्थित चंगाई नाला नजिक गत वर्ष साउन ७ गते परीक्षणका क्रममा भत्केको थियो।

निर्माण व्यवसायी निःशुल्क सडक मर्मत गर्न तयार

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका डोजर तथा स्काभेटर व्यवसायीले वर्षाका कारण अवरुद्ध सडक निशुल्क मर्मतको जिम्मा लिएका छन्।

तीन करोडको योजना, डेढ करोड घोटाला

जिल्लाभित्र सञ्चालित एक सडक मर्मत योजनामा डेढ करोड बढि घोटाला भएको पाइएको छ। गमगढी–नाग्म सडक खण्ड छायानाथ रारा नगरपालिका–८ झ्यारी खोलादेखि गमगढी शुन्य विन्दुसम्मको सडक मर्मतका लागि आर्थिक वर्ष २०७४/२०७५ मा सडक डिभिजन कार्यालय जुम्लामा ३ करोड २३ लाख ९ हजारमा सम्झौंता गरेको रकममा डेढ करोड रुपैयाँ घोटला भएको हो।

मर्मत हुँदै जाजरकोट दरबार

साढे दुई सय वर्ष पुरानो जाजरकोट दरबारमा २०१७ सालदेखि राजाहरू बस्न छाडेका थिए। २०४२ सालमा जाजरकोटी राजा प्रकाशविक्रम शाहले सरकारलाइ उक्त दरबार ६० हजारमा बिक्री गरेका थिए।

अझै अलमलमा साग पूर्वाधार

साग खेलकुदका लागि समय ६ महिना बाँकी छ। समय घर्किंदै गए पनि पूर्वाधार तयारी अवस्थामा छैन। बनाउनुपर्ने पूर्वाधार अहिले बजेट अभावले थाती छ। बजेटलाई आधार मान्ने हो भने काम गर्ने समय ४ महिना मात्रै बाँकी हुन्छ। बजेट नभएपछि सागका लागि भनिएको आर्चरी र बहुउद्देश्यीय कभर्ड हल भने मर्मतसम्भार हुन सकेको छैन। असारमा आर्थिक वर्ष सकिन्छ। साउन लागेपछि मात्रै नयाँ बजेट विनियोजन हुन्छ। मंसिरको दोस्रो साता हुने साग गेम्सको लागि पूर्वाधारतर्फ अहिलेदेखि नै ध्यान दिँदै तदारुकता देखाउन जरुरी रहेको खेलकर्मीको बुझाइ छ।

साता दिनदेखि सल्लेरी अन्धकार

सल्लेरी–च्याल्सा विद्युत् कम्पनीले पावरहाउस मर्मतसम्भार थालेपछि सल्लेरीका सर्वसाधारण एक सातादेखि अन्धकारमा बस्न बाध्य छन्। पावरहाउसको नियमित मर्मतसम्भार अन्तर्गत नयाँ पावरहाउसको दुई सय ७३ किलोवाटको पेनस्टक पाइप मर्मत नसकिएपछि तोकिएको मितिभन्दा पर धकेलिएको कम्पनीले जनाएको छ।

सडक कालोपत्रेको माग राख्दै प्रदर्शन

चावहिल–साँखु सडकखण्ड मर्मतको माग गरी आन्दोलनमा उत्रिएका स्थानीयवासीमाथि प्रहरीले बिहीबार धडपकड गरेको छ। धरपकडमा आठ घाइते भएका छन्, जसमा चार–चार स्थानीय र प्रहरी छन्। चुच्चेपाटी–बौद्ध–जोरपाटी मूल सडक संघर्ष समितिको अगुवाईमा स्थानीयले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्