६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मर्मत हुँदै जाजरकोट दरबार

जाजरकाेट दरबार । तस्बिरः नागरिक

जाजरकोट – जाजरकोट दरबारको मर्मत कार्य सुरु भएको छ। पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको  पहलमा  जाजरकोट दरबार मर्मत हुन लागेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

ऐतिहासिक जाजरकोट दरबारको मर्मतका लागि पर्यटन मन्त्रालयले  २५ लाख रकम भेरी नगरपालिका मार्फत् दिएको उनको भनाइ छ। सो बजेटले  दरबारको  छाना,  दरबार आउने बाटोको मर्मत तथा  दरबार क्षेत्रमा पुरुष र महिलाका लागि छुटटाछुटटै शौचालयको निर्माणको काम सुरु गरिएको बताए।

प्रमुख जिल्ला अधिकारी बस्नेतले बजेटले भ्याएसम्म दरबार वरिपरिको पर्खाल तथा अन्य संरचनाको मर्मत गर्ने काम गरिने बताए।

साढे दुई सय वर्ष पुरानो जाजरकोट दरबारमा २०१७ सालदेखि राजाहरू बस्न छाडेका थिए। २०४२ सालमा जाजरकोटी राजा प्रकाशविक्रम शाहले सरकारलाइ उक्त दरबार ६० हजारमा बिक्री गरेका थिए।

सरकारले राज्य रजौटा उन्मूलन गरेपछि जाजरकोटका तत्कालीन राजा स्वयमप्रकाश शाह दरबार छोडेर काठमाडौं गएपछि उक्त दरबार राजाविहीन भएको थियो। पछिल्लो समय सरकारी बेवास्ता र सरोकारवालाहरूको लापरबाहीका कारण दरबार जीर्ण अवस्थामा पुगेको छ।

 

प्रकाशित: १२ असार २०७६ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App