१३ आश्विन २०८१ आइतबार
image/svg+xml

नाका सञ्चालनार्थ दुरुस्त बनाइँदै राजमार्ग

नाका बन्द हुँदा ओझेलमा परेको राजमार्ग मर्मत, सम्भार नहुँदा झन्–झन् जीर्ण बन्दै गएको थियो। आफ्नो क्षेत्रमा चीनले सडक मर्मत लगभग सकेको छ भने डिभिजन सडकले पनि राजमार्ग सुधारलाई अन्तिमतिर पु¥याएको छ। ‘जेठभित्रै राजमार्गलाई दुरुस्त बनाउने प्रयासमा छौँ,’ प्रमुख इन्जिनियर झाले भने।

राप्ती लोकमार्ग दैनिक ९ घण्टा बन्द

राप्ती लोकमार्ग दैनिक ९ घण्टा बन्द हुने भएको छ। सडकको दाङ–सल्यान सडक खण्डमा मर्मतको काम सुरु भएकाले शनिबारदेखि दैनिक ९ घण्टा बन्द सुरु भएको हो। सडकमा ओटासील गरिएको लामो समय पछि यहाँ मर्मतको काम सुरु भएको हो। सडक डिभिजन कार्यालय दाङको आर्थिक सहयोगमा दाङको तुल्सीपुरदेखि सल्यानको कपुरकोटसम्म मर्मतको काम सुरु भएको हो।

जीर्ण सडक मर्मत गरिँदै

पिच उक्किएर जीर्ण बनेको खोटाङको जयराम–हलेसी सडकको च्यास्मिटारदेखि हलेसीसम्मको सडकखण्ड मर्मतको तयारी गरिएको छ। आठ÷नौ वर्षअघि गरिएको ओटासिल पिच उक्किएर खाल्डैखाल्डा भएकाले ३० किलोमिटर सडक (च्यास्मिटार–दुर्छिम–हलेसी) मर्मतको तयारी गरिएको हो।

जीर्ण सडक मर्मत गरिँदै

पिच उक्किएर जीर्ण बनेको जयराम–हलेसी सडकको च्यास्मीटारदेखि हलेसीसम्मको सडकखण्ड मर्मतको तयारी थालिएको छ। ८–९ वर्षअघि गरिएको ओटासिल पिच उक्किएर खाल्डै खाल्डा भएपछि जयराम–हलेसी (३० किलोमिटर) सडकको च्यास्मीटार–दुर्छिम–हलेसी खण्ड मर्मतको तयारी गरिएको हो।

जब लेखा समितिको बैठकमा जङ्गिए मिनेन्द्र..

अधिकांश सांसदको प्रश्नमा संचालक समितिका सदस्यले संचालक समितिलाई जानकारी नभएको, भएका निर्णय व्यवस्थापनले गरेको जस्ता जवाफ दिएर उम्किन खोजे। सोधिएको प्रश्नको जवाफ प्रस्ट सँग नपाएपछि सांसदहरु आक्रोशित बन्दै गएका थिए। त्यहि आक्रोशको पोको खोले कांग्रेस सांसद मिनेन्द्र रिजालले।

जहाज मर्मतसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिन लेखाकाे निर्देशन

संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका दुई जहाज मर्मतसम्बन्धी ठेक्का प्रक्रियामा न्यून बोलकबोल गर्ने कम्पनीलाई छनोट गर्न निर्देशन दिएको छ। समितिको साेमवारको बैठकले एयरबस ए ३३०–२०० र एयरबस ए ३२० मर्मतका लागि न्यून बोलकबोल गर्ने कम्पनीलाई नदिई बढी प्रस्ताव गर्नेलाई दिन लागिएको भन्दै त्यस्तो नगर्नसमेत निगमलाई निर्देशन दिएको हो।

बाग्मती खोलाको पुल जीर्ण, मर्मतमा बेवास्ता

कागेश्वरी मनोहरा नगरपालिका वडा– ८ सृजना टोलस्थित बाग्मती खोलाको पुल जीर्ण बनेको छ। पुल जीर्ण भएको दुई वर्ष बित्न लाग्दा पनि पुनर्निर्माणका लागि सरोकारवालाले चासो देखाएका छैनन्।

पृथ्वी राजमार्गका अधिकांश पुल जीर्ण, पटकपटक सवारी दुर्घटना, मर्मतको पहल हुन सकेन

राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग पृथ्वी राजमार्गका अधिकांश पुल जीर्ण बनेका छन्। पुलमा यात्रा गर्दा पनि हल्लिएर आवाज आउने भएपछि यात्रा जोखिमपूर्ण बनेको यात्रुको भनाइ छ। थाक्रे गाउँपालिका र धुनीबेसी नगरपालिकाको सिमानामा रहेको गणेशखोलाको पुल जीर्ण अवस्थामा छ।

भासिएका भागको अझै भएन मर्मत

नारायणगढ–मुग्लिन सडकखण्डको यात्रा सहज भएको छ। चालीस मिनेटदेखि एक घन्टासम्ममा सजिलै पार गर्न सकिन्छ। तर सत्रकिलो र छब्बीसकिलोनजिक भालुढुंगामा भासिएको सडक मर्मत हुन नसक्दा अलि असहज भइरहेको छ। त्यहाँ एकतर्फी मात्र यातायात सञ्चालन हुने गरेको छ।

खानीडाँडा विमानस्थल मर्मतमा ढिलासुस्ती, उडान नहुँदा सर्वसाधारण प्रभावित

भारी वर्षाका कारण माटो कटान हुँदा जोखिममा परेको खोटाङको मनमाया राई खानीडाँडा विमानस्थल मर्मतमा चरम ढिलासुस्ती भएको छ। गत जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन (ढल) थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा विमानस्थलको डिलको माटो कटान सुरु भएपछि उच्च जोखिममा परेको विमानस्थल मर्मतमा ढिलासुस्ती भएको हो।

विद्युत मर्मतको बहानामा रकम माग्दै कर्मचारी

खाेटाङमा विद्युत मर्मतको बहानामा कर्मचारीहरु रकम माग्ने गरेको गुनासो आएको छ।  नेपाल विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रका प्राविधिकले विद्युत मर्मतको नाममा उपभोक्ताबाट ५ हजार रकम लिएको गुनासो आएको हो।

वाइड बडी अप्रेसनमा

उन्डेड भएको नेपाल वायुसेवा निगमको वाइड वडी (अन्नपूर्ण) जहाज मर्मत भएर अप्रेसनमा आएको छ। मंगलबार दिल्लीबाट फर्किएको जहाजको पखेटामा कुच्चिएपछि ग्राउन्डेड भएको जहाज मर्मतपछि आइतबारदेखि नियमित उडानमा आएको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए।

पुल बनाउन विश्व बैंकको १३.३ अर्व ऋण, पाेषणामा ४.७अर्व अनुदान

नेपालका विभिन्न सडक सञ्जालका पुल मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजनाका लागि नेपाल सरकार र विश्व बैंकबीच एक संझौतापत्रमा हस्ताक्षर भएको छ। संझौता अनुसार दुई छुट्टा छुट्टै कार्यक्रमका लागि आज अर्थमन्त्रालयमा कूल १८ अर्ब रुपैयाँको सम्झौता भएको हो।

स्थानीयको सक्रियतामा सडक मर्मत

स्वर्गद्वारी नगरपालीका–३ खोलाखर्कका स्थानीय पुरानो सडकको मर्मत गर्दिन भन्दै धेरै पटक वडा कार्यालय र नगरपालीका पुगे।

सडक मर्मत भएपछि दसैं मान्न सजिलो

वर्षामा बिग्रिएका धादिङका ग्रामीण सडक दसैंको मुखमा धमाधम मर्मत हुन थालेपछि स्थानीय बासिन्दा खुसी भएका छन् । बाढीपहिरोका कारण जेठको पहिलो सातादेखि बन्द जिल्लाका ग्रामीण सडक मर्मत गरी खुलाउन थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्