‘हृदयका तरङ्ग’ : समय, समाज र संवेदनाको स्पन्दन
‘हृदयका तरङ्ग’ एउटा कवितासंग्रह मात्र होइन, यो जीवनको धड्कन सुन्न सकिने कृति हो।

‘हृदयका तरङ्ग’ एउटा कवितासंग्रह मात्र होइन, यो जीवनको धड्कन सुन्न सकिने कृति हो।
राम्रो गर्दागर्दै अर्कोले नेतृत्व लिन खोजे समाजमा विरोध उठ्छ। राम्रो काम गरिरहेकालाई नै अगाडि सारिन्छ। हो, त्यसैगरी समाजलाई राम्रो बाटोमा डोर्याएको भन्दै धनगढीमा ३० औँ पटक पनि थारू समुदायले 'भलमन्सा' को बागडोर सरोज चौधरीलाई नै सुम्पेका छन्।
धनगढीको जाली गाउँमा चलेको माघी मेला कार्यक्रममा नृत्य देखाउँदै थारु समुदायका युवा–युवती। तस्बिर: नागरिक
पश्चिम तराईका थारु समुदायको महान् पर्व माघीमा सुँगुर तथा बंगुरको मासु नभई हुँदैन । यही समयमा कैलालीका बंगुर तथा सुँगुर पालक किसानका खोर अफ्रिकन स्वाइन फिभरका कारण रित्तिन थालेका छन् ।
देशमा स्थायित्व र शान्तिको आधार तयार भएको त देखिन्छ तर दुई दशक बितिसक्दा पनि संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्न नसक्नुले द्वन्द्वपीडितहरूको पीडा र अन्याय अझै यथावत छ । यो स्थितिले शान्ति प्रक्रियामाथि गम्भीर प्रश्न खडा गर्दै नेपालको राजनीति पुनः द्वन्द्वको चक्रमा फस्ने जोखिम बढाउँछ ।
सङ्घीयता कार्यान्वयनको सात वर्षपछि सुदूरपश्चिम प्रदेश सरकारले निजामती कर्मचारी ऐन र नियमावली ल्याएको छ । प्रदेश सरकारले शुक्रवार निजामती कर्मचारी ऐन र नियमावली मन्त्रिपरिषद्बाट पारित गरेको हो ।
सामुदायिक वनमा केही तस्कर मानसिकता भएका मानिसका कारणले समग्र वन क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक भएको सरोकारवालाले निष्कर्ष निकालेका हुन्।
मन्त्री निवास जीर्ण, अस्तव्यस्त तथा सरसफाइमा अभावमा रहेकाले त्यहाँ राता कमिला ताँती लाग्न थालेको भन्दै मन्त्री चौधरीले त्यहाँ बस्न छाडेका हुन् ।
२०६३ सालमा सुदूरपश्चिमको विकासका २१ बुँदे माग राख्दै कैलाली उद्योग वाणिज्य संघले सुरुवात गरेको महोत्सवको १९ औँ वर्ष पुगुन्जेलसम्म ५ वटा माग मात्रै संघीय तथा प्रदेश सरकारले पूरा गर्न सकेको छ भने बाँकी १६ वटा माग अझै पूरा हुन सकेका छैनन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर सत्ता गठबन्धनमा कुनै समस्या नरहेको पनि उनले बताए।
सुरुसुरुमा आफ्नो हातको पानी समेत पिउन नमानेका आफन्तहरू अहिले भने सहयोग गर्न थालेको उनले बताइन्। कुनै पनि अवसरको पछाडि चुनौती रहेको बताउँदै उनले भनिन्,‘अवसरसँगै चुनौती पनि हुन्छ, म समाजलाई चुनौती दिँदै अन्तरजातीय विवाह गरिसकेकी मान्छे हुँ, सामाजिक चुनौतीसँग जुधिसकेको म राजनीतिक चुनौती चिर्दै सके जति राम्रो काम गर्नेछु।’
नागरिक उन्मुक्ति पार्टीकी रूपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि चौधरी निर्विरोध निर्वाचित भएकी हुन् ।
रोजगारीका लागि भारतको बैंङ्गलोर जाने भनेर हिँडेका अछामको कमलबजारका रमेश बोहरा भारतको पलिया बजारमा अलपत्र छन्।
सुदूरपश्चिम प्रदेशमा सीमामा हुने अपराध र लागूऔषध मुख्य चुनौतीका रुपमा रहेको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले बताएका छन्।
वन विज्ञानमा स्नातकोत्तर गरिरहेका विद्यार्थीहरूले कैलालीमा रहेको बाह्र वन साझेदारीमा सालको बिरुवा र रुखमा २१ दिने अध्ययन अनुसन्धान गरेका थिए ।विद्यार्थीहरूले नेपालमा साल काठको गुणस्तर राम्रो रहेको र त्यसमा पनि कैलालीमा पुनरुत्पादन राम्रो रहेको अध्ययनबाट देखिएको बताएका छन् ।
