१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आर्थिक अवस्था कमजोर भएकाको घर मर्मत

पहिलेको र अहिलेको घर। तस्बिर: नागरिक

आर्थिक अवस्था कमजोर रहेको तथा अविभावकीय सहाराविहिन भएका एक दलित परिवारको घर जिर्णोद्धार गरिएको छ। जनसेवा समाज पाँचथरको अगुवाईमा चुहिने घरलाई मर्मत गरिएको हो।

फिदिम नगरपालीका–५ सरसीउलाका एक परिवार सहाराविहिन भएका थिए। उनीहरुको फुसले छाएको घर जिर्णोउद्धार गरिदिएको हो। तीन जना बालबालिका र शारीरीक अशक्त रहेका दुई जना गरी पाँच जना बस्ने घर मर्मत गरिएको हो।

१६ बर्षीय जुना सिवा, १२ बर्षका ज्योती र किरण र उनीहरुका अपाङ्गता भएकी वृद्ध फुपु गंगामाया र काम गर्न नसक्ने वृद्ध फुपाजु बस्दै आएका छन्।

गत बर्ष बुबाको  मृत्यु भएको र आमा पनि सात वर्षअघि अर्को विवाह गरेर गएपछि  उनीहरु सहाराविहिन भएका थिए। आर्थिक अवस्था कमजोर भएका तथा घर बस्नै नहुने अवस्थामा पुगेपछि मर्मत गरेर नयाँ झै बनाइएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए।

उनका अनुसार घरका लागि जस्ता फिदिम नगरपालिकाले उपलब्ध गराइदिएको थियो। यस्तै,  दाताको सहयोग र श्रमदान गरी घर बनाइएको हो। जनसेवा समाजको संयोजनमा दाताले २१ हजार पाँच सय रुपैँया, शसस्त्र प्रहरीलेको श्रमदानमा घर मर्मत भएको हो। पानी नचुईने तथा बस्न मिल्ने घर बनेपछि वालवालीकाहरु खुसि भएका छन्। 

प्रकाशित: ९ आश्विन २०७७ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App