१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनसरी–मोरङ करिडोरका उद्योग बन्द हुने अवस्थामा

विराटनगर – सीमावर्ती भारतको जोगवनीस्थित मिरगञ्ज पुल मर्मतका लागि बन्द भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग कच्चा पदार्थ अभावले बन्द हुने अवस्थामा पुगेका छन्। मंगलबार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त पत्रकार सम्मेलन गरी मिरगञ्ज पुल मर्मतका कारण कच्चा पदार्थ आयात रोकिएकाले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग बन्द हुने अवस्थामा पुगेको जनाएका हुन्।

पुल मर्मतका कारण चार दिनका लागि आयात रोकिने जानकारी गराएको भारतीय पक्षले मर्मतका लागि थप समय लाग्ने जनाएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग प्रभावित भएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले बताए। उनका अनुसार पुल मर्मत गर्नुभन्दा पहिले चार दिन बन्द हुने बताइए पनि मर्मत थालेपछि चार हप्ताभन्दा बढी समय लाग्ने अवस्था आएका कारण उद्योग ठप्प हुने स्थिति आएको हो। ‘चार दिन पुल बन्द हुने सूचनाका आधारमा धेरैजसो उद्योगले कच्चा पदार्थ स्टक राखेका थिए,’ मुण्दडाले भने, ‘पुल मर्मत सुरू भएपछि २० दिनदेखि एक महिनासम्म नै आयात बन्द हुने देखिएकाले उद्योगको उत्पादनै ठप्प हुने अवस्था आएको छ।’

पुलपारि रोकिएका सवारीसाधन भीमनगर नाकाबाट रि–रुटका लागि मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले पहल गरिरहेको भए पनि रि–रुटका लागि भारतीय पक्षबाट सकारात्मक संकेत नआएको मुण्दडाले बताए। पाँच दिनदेखि पुल मर्मतका कारण आयात ठप्प हु“दा करिब दुई हजार मालबाहक सवारीसाधन पुलपारि नै रोकिएका छन्। मालबाहक सवारीसाधन पुलपारि रोकिएका कारण पूर्वका उद्योगी व्यवसायीलाई करोडौंको आर्थिक भार थपिएको  व्यवसायीले बताएका छन्। उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेका अनुसार रोकिएका मालबाहक सावारीसाधनको डिटेन्सन र डेमरेज शुल्कमात्रै दैनिक एक करोडभन्दा बढी तिर्नुपरेको छ।

पुल मर्मत गर्नुभन्दा पहिले चार दिन बन्द हुने बताइए पनि मर्मत थालेपछि चार हप्ताभन्दा बढी समय लाग्ने अवस्था आएका कारण उद्योग ठप्प हुने स्थिति आएको हो।

तत्काल रि–रुटको व्यवस्था गरी समस्याको अल्पकालीन समाधान खोज्न सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायीले सरकारस“ग माग गरेका छन्। उद्योगी व्यवसायीले परराष्ट्र मन्त्री, उद्योग मन्त्री, भारतीय राजदूतावास, जोगवनीस्थित भारतीय कस्टम, भन्सार विभागलगायतलाई पत्र पठाएर रि–रूटको व्यवस्था गर्न आग्रह गरेका छन्। तत्कालका लागि पुल मर्मत सम्पन्न नहुन्जेलसम्म भीमनगर नाकाबाट रि–रुटको व्यवस्था गर्न र दीर्घकालीन रुपमा निर्माणाधीन पुल चा“डो सम्पन्न गर्न भारत सरकारस“ग कूटनीतिक पहल गर्न सरकारस“ग माग गरिएको उद्योगीले बताएका छन्।

मिरगञ्ज पुल जीर्ण भइसकेका कारण नया“ पुल बनाउने विषयमा सरकारले विशेष पहल नगरे सुनसरी–मोरङ करिडोरमा उद्योग सञ्चालन गर्न सक्ने स्थिति नहुने उद्योगी महेश जाजुले बताए। एउटा सानो पुलका कारण पटक–पटक आयात निर्यात ठप्प हु“दासमेत सरकारले चासो नदेखाएको उनको गुनासो छ। ‘पुलकै कारण धेरैपटक आयात–निर्यात अवरुद्ध हु“दासमेत सरकार बेखबर छ,’ जाजुले भने, ‘कूटनीतिक पहल गरी नया“ पुल चा“डो बनाउनेतर्फ सरकार लाग्नुपर्छ।’ पुलकै कारण बारम्बार आयात–निर्यातमा समस्या भइरहे सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले देशकै अन्य क्षेत्रका उद्योगस“ग प्रतिस्पर्धा गर्न नसकी बन्द हुने जाजुको भनाइ छ।

‘प्रतिस्पर्धी क्षमता घट्दै गए करिडोरका उद्योग धमाधम बन्द हुन थाल्नेछन्,’ जाजुले भने। जीर्ण अवस्थाको फलामे पुल मर्मत भएपछि पनि ठूला गाडीको भार थेग्न नसक्ने भएकाले बारम्बार अवरोध हुने स्थिति छ। दुई वर्ष पहिलेको बाढीले पुल भासिएपछि पुलको भारवाहन क्षमता ४० टन मात्रै कायम गरिएको छ। तर, देशकै दोस्रो ठूलो नाकाका रुपमा रहेको विराटनगर नाका हु“दै ६० देखि ८० टनसम्मका मालबाहक लहरीहरू नेपाल भित्रिने गरेका छन्। दुई वर्ष पहिले बाढीले पुलमा क्षति पु¥याएको थियो। त्यतिबेला सुनसरीको भीमनगर नाकाबाट रि–रुट गरेर विराटनगर नाकाको आयात–निर्यात सुचारु गरिएको थियो।

प्रकाशित: ९ पुस २०७६ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App