१५ वैशाख २०८१ शनिबार
image/svg+xml

स्याउ बगैंचा काँटछाँटमा किसान

स्याउ किसानको लागि यो समय उत्तम भएको हुँदा किसान स्याउका नयाँ बिरुवा रोप्ने, काटछाँट गर्ने, काटेको ठाउँमा वोडो मिक्चर लगाउने,बिरुवालाई मल खाद गर्नमा व्यस्त भएका हुन्।

प्रजातन्त्र दिवसमा कपिलवस्तुमा वृक्षारोपण र सरसफाई

७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कपिलवस्तुमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ।

तातोपानीका किसानलाई स्याउका विरुवा वितरण

जुम्लाको तातोपानी गाउँपालिकाले राँका गाउँका ४ सय किसानलाई ६ हजार ५ सय स्याउका विरुवा वितरण गरेको छ।

बुद्धनगर क्षेत्रको वाग्मती सफाइ, थापाथली किनारमा वृक्षारोपण

काठमाडौँ महानगरपालिका–११ स्थित बुद्धनगर क्षेत्रको नदी किनारमा वाग्मती सफाइ महाअभियानको ४२६औँ हप्ताको सफाइ गरिएको छ।

रसुवागढी जलविद्युत् आयोजनाले तीन वर्षमा ७ हजार बढी विरुवा रोप्यो

रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाले तीन वर्षमा ७ हजार भन्दा बढी विरुवा रोपेको छ । आयोजनाले आयोजना तथा प्रसारण लाइन निर्माणको लागि रुख कटान गरेवापत ७ हजार ३ सय ८१ वटा विरुवा रोपेको हो ।

विरुवा उत्पादन गर्न वन डिभिजनको आफ्नै नर्सरी

डिभिजन वन कार्यालय गोरखाले निशुल्क रुपमा विरुवा वितरण गर्न आफ्नै नर्सरी तयार पारेको छ

जुम्ली स्याउका विरुवा निर्यात सुरु

जुम्लाका किसानले उत्पादन गरेका स्याउका विरुवा जिल्लाबाहिर निर्यात हुन सुरु भएको छ। जिल्ला बाहिरका किसान जुम्ली स्याउको विरुवा लिन नर्सरीमै पुग्ने गरेका छन्। यो वर्षमा पहिलो पटक दाङ जिल्लामा स्याउ विरुवा निर्यात भएको हो।

विरुवा उत्पादन गर्न प्रयोगशाला

भूगोल र हावापानीअनुसार कहाँ कस्तो बाली लगाउन उपयुक्त हुन्छ भन्ने अनुसन्धान गर्न बालीनालीका विरुवा प्रयोगशालामा उत्पादन गरिँदैछ ।

मदन भण्डारी लोकमार्गमा मासिएका विरुवा अझै रोपिएन

निर्माणाधीन ‘मदन भण्डारी स्मृति लोकमार्ग’मा मासिएका रुखको साटो लगाउनुपर्ने नयाँ विरुवा अझै रोप्न सुरु भएको छैन।

संक्रमित बिरुवा पैठारी गरे १ लाख ५० हजारसम्म जरिवाना

संक्रमित विरुवा वा विरुवाजन्य उपज निकासी तथा पैठारी गर्नेलाई ५० हजार देखि १ लाख ५० हजारसम्म जरिवाना हुने भएको छ।

सर्खेतमा एक लाख अफिमका बिरुवा प्रहरीद्वारा नष्ट

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार एक लाख लागुऔषध अफिमका बिरुवा नष्ट गरेको छ। लेकबेसी नगरपालिका–८ लामिडाँडा सुर्खेतमा खेती गरिएका एक लाख बढी अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो।

पशुपतिमा पाँच हजार विरुवा रोपिने

विश्व सम्पदा सूचीमा सूचीकृत संसारका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण अभियान शुरु भएको छ। सो अभियानअन्तर्गत पाँच हजार विरुवा रोपिने बताइएको छ।

रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपियो

विश्व वातावरण दिवसको अवसरमा रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्