२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकद्वारा वृक्षारोपण

ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ। बैंकले ‘एक कर्मचारी, एक विरुवा रोपण’ अभियान अन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिका बिरुवाहरू रोपेर विश्व वातावरण दिवस मनाएको हो।

बैंकले मोरङको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौंको टोखास्थित लाखे डाँडा, कास्कीको पोखरा रङ्गशाला परिसर, रूपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको वीरेन्द्रनगर चौहानपार्कमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो।

बैंकले आयोजना गरेको यस बृहत् वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय नागरिकलगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।

प्रकाशित: २५ जेष्ठ २०८० ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App