७ वैशाख २०८१ शुक्रबार
समाज

तातोपानीका किसानलाई स्याउका विरुवा वितरण

जुम्लाको तातोपानी गाउँपालिकाले राँका गाउँका ४ सय किसानलाई  ६ हजार ५ सय स्याउका विरुवा वितरण गरेको छ।

स्याउका बिरुवा रोप्ने समय नजिकिए सँगै तातोपानी गाउँपालिकाले किसानलाई स्याउका विरुवा वितरण गरिएको तातोपानी गाउँपालिका कृषि शाखा प्रमुख पदम नेपालीले बताए।

प्रति किसानलाई १५ वटा विरुवाका दरले दिइएको हो। जुम्ली रैथाने ुडेलिसियसु जातका विरुवा वितरण गरिएको छ। विरुवा सँगै खेतीबारे ज्ञान तथा रोग किरा नियन्त्रण सम्बन्धी अभिमुखीकरण गराइने कृषि शाखा प्रमुख नेपालीको भनाइ छ।

जुम्ली किसानको मुख्य आयस्रोत स्याउ खेती हो। तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले भने,तातोपानीमा स्याउ खेतीको सम्भावना राम्रो छ। स्याउ खेतीमा किसानको बढ्दो आकर्षण लाई मध्यनजर गरि अनुदान विरुवा वितरण गरेका छौं। स्याउ खेती विस्तारमा पालिकाले थप सहयोग पनि गर्ने छ।

गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर आफ्ना कार्यक्रमहरू अघि बढाएको उनले बताए। तातोपानी-१ का वडाध्यक्ष कर्ण बहादुर कठायतले अनुदानमा पाएका विरुवाबाट उत्कृष्ट कृषि कर्म गरेर देखाउने विश्वास व्यक्त गरे।

प्रकाशित: २४ माघ २०७९ १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App