२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रजातन्त्र दिवसमा कपिलवस्तुमा वृक्षारोपण र सरसफाई

७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कपिलवस्तुमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ।  

जिल्ला प्रहरी कार्यालयको अगुवाईमा जिल्ला प्रहरी कार्यालयका हाता भित्र विभिन्न प्रजातिको बिरुवाको वृक्षारोपण गरिएको हो। 

प्रहरी परिसरमा अमला, आप लगाएका बिरुवाहरु रोपिएको थियो। यस्तै तौलिहवा स्थित तालेश्वर महादेव मन्दिर र त्यस वरपर  तथा सिद्धार्थ पार्कमा सरसफाई गरिएको प्रहरी नायब उपरिक्षक मीन बहादुर घलेले बताए।  

सरसफाई अभियानमा सामुदायिक प्रहरीको समेत सहभागीता रहेको थियो। शिवरात्रीको मेलामा मन्दिर परिसर फाहोर भएकोमा अभियान पछि भने सफा भएको सामुदायिक प्रहरीका अध्यक्ष देबी प्रसाद बर्माले बताए। प्रजातन्त्र दिवस मुल समारोह समितिका जिल्ला संयोजक तथा प्रजिअ शंकरहरि आचार्यले यस बर्ष कुनै औपरिक कार्यक्रम भने नगरिए पनि सरसफाई वृक्षारोपण, दिप प्रज्जवलन लगाययका काम गरी दिवस मनाइएको बताए।  

प्रकाशित: ७ फाल्गुन २०७९ ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App