६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

माछापुछ्रे कर्पोरेट सिक्सेस च्याम्पियन

माछापुछ्रे बैंक मंगलबार कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन बनेको छ। एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको यो प्रतियोगितामा माछापुछ्रे पहिलो पटक च्याम्पियन भएको हो।

मूलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुछ्रेले उपाधि उचालेको हो। निर्धारित पाँच ओभरको खेलमा आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुछ्रेले ४.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो। माछापुछ्रेको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडे। निशेषले १४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। विभवको इनिङमा समान एक चौका र छक्का रह्यो। आइसिएफसी फाइनान्सको बलिङमा सुरज तिमल्सिना र सन्जोक गुरुङले समान एक विकेट लिए।

त्यसअघि आइसिएफसी फाइनान्सले एक विकेटको क्षतिमा ६५ रनको योगफल बनाएको थियो। आइसिएफसी फाइनान्सका लागि अरविन्द राणाले १३ बलमा ३१ रन र सुरज तिमल्सिनाले १३ बलमा १६ रन जोडे। अरविन्दको इनिङमा चार चौका र दुई छक्का थियो। माछापुच्छ«ेको बलिङमा कुनै पनि बलरले विकेट लिन सकेनन्। प्लेअर अफ दी फाइनल माछापुछ्रेका निशेष केसी चयन भए। यस सिजनको विजेता माछापुच्छ«्े र उपविजेता आइसिएफसी फाइनान्सले ट्रफी र गिफ्ट ह्याम्पर पाए।

यस संस्करणको विजेता माछापुच्छ«े बैंकले आगामी सिजन फ्रि इन्ट्री पाएको छ। प्लेयर अफ द टुर्नामेन्ट आइसिएफसी फाइनान्सका सुरज तिमल्सिना र बेस्ट ब्याट्सम्यान एनआइसी एसियाका अमर रावल घोषित हुँदै गिफ्ट ह्याम्पर पाए। बेस्ट बलरमा आइसिएफसी फाइनान्सका सुरज तिमल्सिना, बेस्ट फिल्डरमा माछापुछ्रेका श्रीजन सुवेदी र बेस्ट विकेटकिपर माछापुछ्रेका निशेष केसीले पनि गिफ्ट ह्याम्पर पाए। सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीमा एनआइसी एसियाका अमर रावल भए भने फेयर प्ले अवार्ड प्राइम बैंकले प्राप्त गर्‍यो।

बैंकिङ पार्टनर एनआइसी एसिया रहेको प्रतियोगिताको विजेतालाई एमाले नेता कर्ण थापा, हरिनारायण रौनियार, नेकोसका अध्यक्ष पर्शुराम बस्नेत, नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र एसएस एभेन्ट्सका निर्देशक सुमित रौनियारले पुरस्कृत गरे।

प्रकाशित: २६ वैशाख २०८१ ०८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App