११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

२५ हजार सक्रिय संक्रमित भए लकडाउन गर्न सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार भन्दा बढी सक्रिय कोरोना संक्रमित भएमा लकडाउन गर्न सिफारिस गरेको छ। इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कुनै दिन २५ हजार भन्दा बढी सक्रिय संक्रमित भए लकडाउन गर्न सिफारिस गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

श्रमिकका सास्ती

यता स्थानीय सरकारदेखि संघीय सरकारसम्म आत्मनिर्भर अर्थतन्त्र र रोजगारीको गफ दिएर थाकेका छैनन्। उता सीमा नाकामा जीविकाकै लागि भारततर्फ जाने लस्कर देखिन्छ। शायद, रोजगारीको खोजी गर्दै भारततर्फ गएको यो लस्करले आत्मनिर्भर अर्थतन्त्रको नारालाई गिज्याइरहेको छ।

ताल्चामा खिया लाग्यो, बजार खुल्दैन (फोटो फिचर)

कोरोना संक्रमण नियन्त्रणका लागि चार महिना लामो लकडाउन भयो। लकडाउनका कारण पेशा, व्यवसाय सबै ठप्प रहे। त्यसपछि आंसिकरुपमा खुलेको बजार, सार्वजनिक सवारी साधनहरु अहिले बन्द छन्। व्यवासायीहरुले आफ्नो पसलमा लगाएको ताल्चामा खिया लागिसकेको अवस्था छ। ताल्चालाई बचाउन कतिपयले प्लास्टिकले छोप्ने गरेका पनि छन्।

लकडाउनयता ७३ सुत्केरीको मृत्यु

नेपालमा कोरोना संक्रमणसँगै सुरु भएको लकडाउनका कारण पाँच महिनाको अवधिमा ७३ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाले हालै गरेको सर्वेक्षणमा यस्तो पाइएको हो। महाशाखाका अनुसार चैतदेखि जेठ महिनाभित्र ४३ जना र असार र साउनभित्र ३० जनाको मृत्यु भएको छ। यीमध्ये ४८ जनाको सुत्केरीपछिको रक्तश्रावले मृत्यु भएको छ।

लकडाउनको विकल्प खोज्न व्यवसायीको माग

लामो समयदेखि लकडाउन कामय राख्दा अर्थतन्त्र पूरै ठप्प भएको भन्दै रूपन्देहीका व्यावसायिक संस्थाहरूले यसको विकल्प खोज्न सरकारको ध्यानार्कषण गराएका छन् ।

उपत्यकाको निषेधाज्ञा खुकुलो, के के गर्न पाइन्छ ?

उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुका प्रमुख जिल्ला अधिकारीहरुले केहि सहज बनाउने गरि निषेधाज्ञा कायम राख्ने निर्णय गरेका हुन्।

जो खुलामञ्चमा एक छाक खाना कुर्छन् (फोटो फिचर)

विश्व अहिले कोरोना महामारीसँग जुधिरहेको छ। महामारीका कारण नेपालमा पनि लामो ‘लकडाउन’ भयो। महामारीले स्वास्थ्य संकट मात्र होइन समाजका हरेक ठाउँमा अप्ठ्यारो स्थिति पैदा गर्छ। यसले स्वास्थ्यसँगै आर्थिक क्षेत्रमा गहिरो प्रभाव पार्छ।

दाङमा पुनः लकडाउन

समुदाय स्तरमै कोरोना संक्रमण बढ्न थालेपछि दाङमा आईतबार देखि पुनः लकडाउन गर्न लागिएको छ । जिल्ला प्रशासन कार्यालयले समुदाय स्तरमा बढ्दो कोरोना संक्रमण रोकथामका लागि लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।

थन्किएका सवारी मर्मतमा लाखौं खर्च

यातायात व्यवसायीका अनुसार लामो समय गाडी रोकिँदा इन्जिन आयल, ब्याट्री, टायर, टायरको ग्रिज, गियर आयल, ट्यांकीको इन्धनलगायत नोक्सान हुन्छ ।

लकडाउनपछि अटो व्यापारमा सुधार

लकडाउनले ठप्प भएको व्यापारलाई गति दिन बिक्रेताले विशेष प्रकारका योजना सार्वजनिक गरेपछि प्रयोगकर्ता आकर्षित भएका हुन् । कोरोना संक्रमणकै बीचमा कम्पनीहरूले ल्याएका ग्राहकलक्षित फाइनान्सिङ स्किमले उत्साह जगाएको छ । कम आम्दानी हुनेले मोटरसाइकल, स्कुटर र मध्यमवर्गीयले कार किनेका छन् ।

यी हुन् लकडाउन र निषेधाज्ञा जारी गरिएका ५२ जिल्ला(सूची)

कोरोना संक्रमण बढ्न थालेपछि विभिन्न ५२ जिल्लामा पूर्णकालीन र आंशिक गरी निषेधाज्ञा लगाइएको छ। ३८ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको छ।

लकडाउन हटाएको एक महिनामै मृत्युदर ३ गुणा बढ्यो, ‘उच्च सावधानी नअपनाए स्थिति भयावह हुने’

कोरोना सङ्क्रमण र मृत्यु दर अकल्पनीय ढंगले अहिलेसम्मकै उच्च भएको छ । स्थिति जटिलतातर्फ गइरहेकाले नागरिकले उच्च सावधानी अपनाउनु जरुरी रहेको जनस्वास्थ्य विज्ञले बताएका छन् ।

लकडाउन हटाएको २ महिनामै स्पेनमा कोरोनाको दोस्रो लहर !

गत जुन २१ देखि प्रतिबन्ध हटाइएको हो, त्यसबेला दिनमा जम्मा सयदेखि डेढ सयसम्म मात्र संक्रमित फेला पर्थे, तर अहिले त्यो संख्या बढेर ३ हजार पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्