२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

उपत्यकाको निषेधाज्ञा खुकुलो, के के गर्न पाइन्छ ?

उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुका प्रमुख जिल्ला अधिकारीहरुले केहि सहज बनाउने गरि निषेधाज्ञा कायम राख्ने निर्णय गरेका हुन्।

पहिलेको तुलनामा निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ। जिल्ला प्रशासनले निम्न सेवाहरुलाई खुकुलो बनाएको छ :

- औषधी, पानी र स्वास्थ्य सामाग्री विक्री वितरण २४ सै घण्टा  

- खाद्य बस्तु, दूध र दुधजन्य पदार्थ, फलपूल तरकारी, माछा मासु विक्री वितरण गर्ने पसल ( विहान ११ बजेसम्म खोल्न पाइने)

- निर्माणसँग सम्वन्धित पसल व्यवसाय र सोको ढुवानीको लागि प्रयोग हुने सवारी साधन दिउँसो २ देखि बेलुका ९ बजेसम्म चलाउन पाइने

- पिसिआर नेगेटिभ भएका व्यक्तिहरुबाट मात्रै टेक अवे र होम डेलिभरी सेवा संचालन गर्ने र त्यसको अभिलेख राख्नु पर्ने

- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्षा संचालन गर्न पाउने

- क्वारेन्टिन र आइसोलेसनमा बस्नेहरुका लागि खान खुवाउने क्याटरिङ र होटल संचालन गर्ने

- विमानस्थलदेखि क्वारेन्टिन, आइसोलेसन वा होटलसम्म पुग्ने सवारी साधान संचालन गर्ने

- अत्यावश्यक सेवासँग सम्वन्धित उद्योग कलकारखाना संचालन गर्ने  

- बैंक तथा वित्तिय संस्थाहरुले सम्भव भएसम्म भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने यदि सो सम्भव नभएमा नेपाल राष्ट्र बैंकले तोकेको वा कर्मचारी संख्याको एक तिहाईमा नबढाई सेवा प्रदान गर्नु पर्ने छ

- हवाई उडानबाट विदेश जानेहरुका हकमा पासपोर्ट, भिसा र हवाई टिकट भएकाहरुलाई विमानस्थल जान सहजिकरण गर्न सकिने तर पिसिआर सुविधा नभएको स्थानबाट यो प्रयोजनका लागि उपत्यका आउने र बस्नु  पर्ने व्यक्तिको हकमा भने काठमाडौंमा सुरक्षित स्थानको सुनिश्चितता र सम्वन्धित जिल्ला प्रशासनको सिफारिस अनिवार्य पेश गर्नु पर्ने

सबै सेवा तथा गतिविधि गर्दा स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनिवार्यरुपमा पालना गर्नुपर्ने जिल्ला प्रशासनले बताएको छ।  यसो नगरेमा संक्रमक रोग ऐन २०२० बमोजिम कारबाही हुने चेतावनी दिएको छ।

 

 

 

 

 

 

 

प्रकाशित: १७ भाद्र २०७७ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App