coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लकडाउन हटाएको २ महिनामै स्पेनमा कोरोनाको दोस्रो लहर !

लकडाउन हटाएको दुई महिना बित्नेबित्तिकै स्पेनमा युरोपका अन्य  मुलुकमध्ये सबैभन्दा तीव्र गतिमा कोरोना संक्रमण फैलिन थालेको छ। 

यसअघि युरोपभरिमै सबैभन्दा कडा लकडाउन स्पेनमा लागू गरिएको थियो । त्यहाँ गत जुन २१ देखि प्रतिबन्ध हटाइएको हो, त्यसबेला दिनमा जम्मा सयदेखि डेढ सयसम्म मात्र संक्रमित फेला पर्थे, तर अहिले त्यो संख्या बढेर ३ हजार पुगेको छ।  

तर कोरोनाबाट मृत्यु हुने दर भने उति बढेको छैन । बिहीबार १२२ जनाको मृत्यु भयो । यसअिघ कोरोना महामारी चरम अवस्थामा पुगेका बेला अप्रिल २ मा एकै दिन ९५० जनाको मृत्यु भएको थियो । यो संख्या स्पेनमा एक दिनमा मृत्यु भएको अहिलेसम्मकै अत्यधिक हो ।  

अहिले फैलिरहेको संक्रमण भने बढी युवामा देखिएको छ र ७५ प्रतिशत संक्रमितमा कुनै लक्षण पनि देखिएका छैनन् ।  

स्पेन सरकारले भने कोरोना संक्रमणको तीव्रतामा केही कम हुँदै गएको दाबी गरेको छ । केवल ३ प्रतिशत संक्रमितलाई अस्पताल भर्ना गर्नुपरेको, ०.५ प्रतिशभन्दा कमलाई मात्र आईसीयूमा रहेको र मृत्युदर ०.३ प्रतिशतभन्दा कम भएको उसको दाबी छ ।  

तर पछिल्लो समय जसरी संक्रमण दर बढिरहेको छ, त्यसले स्पेनमा कोरोना महामारीको दोस्रो लहर आउन लागेको अनुमान गरिएको छ ।

स्पेनको राजनीति पनि कोरोनाविरुद्धको लडाइँमा एकमत छैन । प्रधानमन्त्री पेड्रो सान्चेजविरुद्ध विपक्षीले कोरोनाबाट हुने मृत्युको संख्याबारे झुट बोलिरहेको आरोप लगाएको छ । अर्कातर्फ कन्जरभेटिभ पार्टी नेतृत्वको म्याड्रिड प्रदेश सरकार पनि आलोचनाको सिकार भइरहेको छ ।  

स्पेनको स्वास्थ्य मन्त्रालयका अनुासर देशमा कोरोनाका कारण अहिलेसम्म २८ हजार ८१३ जनाको मृत्यु भइसकेको छ । तर अर्काे तथ्यांकअनुसार ४४ हजार ५९६ जना कोरोनाको सिकार भएका छन् ।  

स्पेन सरकारका अनुसार कोरोनाबाट वृद्धाआश्रममा रहेका १९ हजारभन्दा केही बढी ज्येष्ठ नागरिकको मृत्यु भएको छ तर सरकारी तथ्यांकमा मृतकको संख्या आधा मात्र राखिएको दाबी गरिएको छ । बिबिसी

प्रकाशित: ५ भाद्र २०७७ ०९:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App