१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भारतीय जिडिपी २३.९ प्रतिशत घट्यो

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड १९ ले भारतीय अर्थतन्त्रलाई नराम्रोसँग असर पारेको छ । भारतले सोमबार प्रकाशित गरेको दोस्रो त्रैमासिक (अप्रिलदेखि जुन) सम्मको तथ्यांक अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) २३.९ प्रतिशतले घटेको छ ।

कोभिडको समस्या देखिन सुरु गरेपछि भारतले सुरुका दिन लामो समयसम्म देशव्यापी लकडाउन गरेको थियो । अहिले त्यसैको असर देखिएको हो । अहिले पनि भारतका केही राज्यहरूमा बन्दाबन्दी छ । तथ्यांक अनुसार यो अवधिमा कृषि र मत्स्यपालनबाहेक अन्य सबै क्षेत्रमा असर देखिएको छ । सबैभन्दा बढी असर निर्माण क्षेत्रमा छ ।

यो वर्ष मौसम अनुकूल भएका कारण कृषि उत्पादन ३.४ प्रतिशतले बढेको छ । यो अनुमान गरिएभन्दा बढी भएको बताइएको छ । निर्माण क्षेत्र ५०.३ प्रतिशतले खुम्चिएको छ । पर्यटन, व्यापार, होटल, यातायात र सञ्चार क्षेत्रमा पनि ठूलो गिरावट आएको छ । यस्तै औद्योगिक उत्पादन ३९.३ प्रतिशतले घटेको छ । यस्तै कोभिडका कारण देशलाई बन्दाबन्दी गर्दा मागमा कमी आएको छ भने निजी लगानी पनि घटेको छ । भारतले अर्थतन्त्रलाई चलायमान बनाउन करोडौं हजारको राहत प्याकेज ल्याएको थियो । ब्याजदरमा पनि कटौती गरिएको थियो । पूर्वअर्थमन्त्री एवं कांग्रेसका नेता पी चिदम्बरमले अर्थतन्त्रमा आएको अहिलेको असरको दोष कोरोनाभन्दा मोदी सरकारलाई लगाएका छन् ।

प्रकाशित: १७ भाद्र २०७७ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App