११ कार्तिक २०८१ आइतबार
image/svg+xml

विदेशबाट आएका धरानका चार जनामा कोरोना संक्रमण

वैदेनिक रोजगारीबाट फर्किएर क्वारेन्टिनमा बसिरहेका धरानका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा शुक्रबार एकै दिन थप ४२ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा शुक्रबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।

उपत्यका र तराई अझै जोखिममा

नेपालमा कोरोना संक्रमित हुनेको संख्या पछिल्ला केही दिनमा निकै घटेको छ । तर, भारतसँग सीमाना जोडिएका तराई/मधेस, काठमाडौं उपत्यकासहितका सहरी क्षेत्रमा भने संक्रमणको जोखिम हटेको छैन ।

अर्थतन्त्रमा परेका प्रभावबारे छलफल

नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणका कारण मुलुकको अर्थतन्त्रमा पारेको प्रभावका विषयमा विभिन्न पक्षसँग छलफललाई तीव्र बनाएको छ।

सीमावर्ती क्षेत्रमा संक्रमण जोखिम बढ्दै

कोरोनाको त्रास बढ्दै गएपनि मोरङमा भारतसँगको सीमा क्षेत्रमा ओहोरदोहोर गर्ने क्रम रोकिएको छैन। दुवै देशमा लकडाउन गरी अन्तर्राष्ट्रिय सीमा बन्द भए पनि लुकिछिपी ओहोरदोहोर गर्ने क्रम सीमावर्ती क्षेत्रमा बढ्दो छ।

पर्यटन व्यवसायीले भनेः ‘अब हामी पनि चाँबी बुझाउँछौं’

कोरोना भाईरस संक्रमणका कारण करिब ६ महिनादेखि मारमा परेका पर्यटन व्यवसायीले आर्थिक रुपमा धरासायी बनेको भन्दै व्यवसायको तालाचाँबी नै वित्तीय संस्थालाई बुझाउनुपर्ने अवस्था आउन थालेको बताएका छन् । लामो समयदेखि नोक्सानी खेपेको र अझै कम्तिमा दुईवर्ष व्यवसाय चल्ने अवस्था नरहेकोले व्यवसाय टिकाउनु चुनौतीपूर्ण भएको उनीहरूले बताए ।

कोरोना संक्रमण घट्दो क्रममा: २०४ जना नयाँ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ दिनयता नयाँ कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गएको जनाएको छ। आरटि पिसिआर परिक्षण संख्या यथावत रहे पनि संक्रमितको सख्या दिनहुँ घटिरहेको तथ्याकं मन्त्रालयले मंगलबार प्रस्तुत गरेको छ।

सीमावर्ती क्षेत्रमा संक्रमणको जोखिम बढ्दै

भारतसँगको मुख्य नाकाहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहे पनि अन्य सहायक नाकाहरूबाट सजिलै मानिसहरू आवतजावत गरिरहेका छन् । खुला सीमानाका कारण भारतबाट नेपाल भित्रन सजिलो हुने गरेको छ । आवतजावत बढेसँगै सहायक नाकाहरूबाट चोरी तस्करी मौलाएको छ ।

बढ्दो आवतजावतले संक्रमण बढायो

उपत्यका प्रवेश गर्ने सीमा नाकामा खासै कडाइ छैन। प्रहरीले वडाको सामान्य सिफारिस र कोही चिनजानका मानिसको नाम लिएकै भरमा यात्रुलाई उपत्यका प्रवेश गर्न दिने गरेको छ।

नेपाल एयरलाइन्सका सात पाइलटलाई कोरोना संक्रमण

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स कर्पाेरेसन) का सात पाइलटलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको निगमले जनाएको छ।

सुस्त परीक्षणले समुदायमा संक्रमणको खतरा

प्रत्येक दिन नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि परीक्षण भने सुस्त छ। समुदायस्तरबाट स्वाब संकलन गरेर परीक्षणको लागि स्वास्थ्य प्रयोगशालामा पठाएपनि समयमै रिपोर्ट नआउँदा महिनौं क्वारेन्टिनमा बस्नु पर्ने सर्वसाधारणको बाध्यता छ।

कोरोनाबाट थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३४

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटार ७ का ४४ वर्षीय पुरुषको आज विहान उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै रुपन्देही देबदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको उनले बताए ।

सरकारी अस्पतालमा बिरामी जानै डराए

कोरोना भाइरस संक्रमण बढ्दै जान थालेको भन्दै सरकारले लकडाउन सुरु गरेसँगै सबै अस्पतालको बहिरंग सेवा (ओपिडी) बन्द गरियो । बन्द रहेका अस्पतालका ओपिडी वैशाख पहिलो सातादेखि पुनः संचालन गर्न निर्देशन पनि दियो । त्यही अनुसार ओपिडी संचालनमा आए । तर, बिरामी भने उपचारका लागि ती अस्पतालमा जान डराउने गरेका छन् ।

कोरोना संक्रमणबाट मृत्युभएकाको शव अन्त्येष्टी गर्न स्थानीयको अवरोध

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तीको शव अन्त्येष्टी गर्न स्थानीयले अवरोध गरेका छन् । गोरखा नगरपालिका र शहिदलखन गाउँपालिकाको सिमानामा पर्ने दरौँदी र लुदी खोलाको दोभानमा शव व्यवस्थापन गर्ने तयारी गरिएका बेला स्थानीयले रोकेका हुन् ।

गोरखामा कतारबाट फर्किएका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत ४४ बर्षीय पुरुषको शनिवार बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्