१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

थप ७४० जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १५२५९

शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार ८२३ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ भने निको भएर डिस्चार्ज हुनेको कुल स‌ंख्या ६ हजार १ सय ४३ पुगेको छ ।

क्वारेन्टिनमै आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ

गत १७ गते क्वारेन्टिनमै झुन्डिएर आत्महत्या गरेका गंगादेव गाउँपालिका ५ का ३१ वर्षका पुरुषमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ । रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाका अनुसार मृतकको स्वाब भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गरिएको थियो ।

उपत्यकामा बढ्यो जोखिम

काठमाडौं उपत्यकामा केही दिनदेखि कोरोना भाइरस संक्रमण बढ्दै गएको छ। केही दिनयता संक्रमितको संख्या बढ्दै गइरहेका बेला बिहीबार मात्र उपत्यकामा ३२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा काठमाडौंका २८ जना, ललितपुर र भक्तपुरका २/२ जना छन्।

उपत्यकामा कोरोना संक्रमण जोखिम बढ्यो

काठमाडौं उपत्यकामा केही दिनदेखि दैनिक वृद्धि भइरहेको कोरोना संक्रमण बिहीबार एकैदिन ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३१ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक शिशुको असार १७ गते साँझ ४ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले म्याग्दी जिल्ला धौलागिरी नगरपालिका–४ का ४९ महिनाको शिशुको उपचारको क्रममा मृत्यु भएको बताए ।

उपत्यकाका ३२ जना सहित थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ३२ जना उपत्यकाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त

गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ हालका लागि कोरोना संक्रमणमुक्त भएका छन्। दुबै जिल्लामा रहेका एक/एक जना संक्रमित निको भएका छन् । मनाङमा कपिलवस्तुबाट गएका एकजना कर्मचारी र मुस्ताङमा काठमाडौंबाट घर फर्केका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बालबालिकामा कोरोना संक्रमण बढ्दै, सचेत रहन सरकारको आग्रह

सरकारले बालबालिकामा संक्रमणको जोखिम देखिएकोले सचेत रहन आग्रह गरेको छ । १४ हजार बढी संक्रमित मध्ये दुई हजार ६१ जना १८ वर्षमूनिका संक्रमित रहेको उनले बताए । सुदूरपश्चिममा अहिलेसम्म एक सय ७५ जना संक्रमित नौ वर्षमूनिका छन् । उनीहरु आफ्ना आमाबुबासँग भारतबाट फर्किएका बालकालिका हुन् ।

उपत्यकाका १७ जनासहित थप ४८२ जनामा कोरोना संक्रमण

बुधबार नेपालमा ४८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । याेसंगै संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

संक्रमित प्रहरी जवानको सम्पर्कमा रहेका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङमा कोरोना संक्रमित प्रहरी जवानको परिवार तथा उनको सम्पर्कमा रहेका अन्य प्रहरीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

थप ३१६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार ५ सय ६४

नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । मंगलबार थप एक सय ८१ जना डिस्चार्ज भएका छन् ।

टिचिङमा ४५ दिनको शिशुमा कोरोना संक्रमण

टिचिङ अस्पतालमा उपचाररत ४५ दिनको शिशुमा कोरोना पुष्टि भएको छ। शल्यक्रियाको लागि भर्ना भएका उनको स्वाव परीक्षणको गरिएको थियो। नमूनाको रिपोर्ट मंगलवार पोजिटिभ आएको हो।

विदेशबाट आएकामै काेराेना संक्रमण बढी देखियाे : स्वास्थ्यमन्त्री

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउन्डेसनले सहयोग स्वरूप उपलब्ध गराएका स्वास्थ्य सामग्री बुझ्दै अहिलेसम्म देशमा संक्रमण भएका १३ हजार संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा संक्रमण फेला परेको उनले बताएका हुन् ।

खोटाङमा एक जना कोरोना संक्रमित थपिए

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक जना संक्रमित थपिएका छन् । आइतबार मात्र दुई पुरुष र एक महिलालाई कोरोना संक्रमण भएको पूष्टी भएको नगरपालिकामा सोमबार एक २५ वर्षीया महिलालाई कोरोना संक्रमण भएको पूष्टी भएको हो ।

थप चार सय ७६ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार थप चार सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको हाे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्