२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

बालबालिकामा कोरोना संक्रमण बढ्दै, सचेत रहन सरकारको आग्रह

सरकारले बालबालिकामा संक्रमणको जोखिम देखिएकोले सचेत रहन आग्रह गरेको छ । १४ हजार बढी संक्रमित मध्ये दुई हजार ६१ जना १८ वर्षमूनिका संक्रमित रहेको उनले बताए । सुदूरपश्चिममा अहिलेसम्म एक सय ७५ जना संक्रमित नौ वर्षमूनिका छन् । उनीहरु आफ्ना आमाबुबासँग भारतबाट फर्किएका बालकालिका हुन् ।

पीपीआर विधिबाट पछिल्लो २४ घण्टामा चार हजार आठ सय ८६ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ३३ हजार दुई सय २७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म ३ लाख ६ सय २० जनाको परीक्षण भएको छ ।

अहिले देशभरीका क्वारेन्टिनमा ४८ हजार ३ सय ६२ जना रहेका छन् । यस्तै देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ३ सय ६० जना उपचाररत रहेका छन् । बुधबारसम्म  ४ हजार ६ सय ५६ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ । बुधबार ४ सय ८२ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको हो । बुधबार १ सय १७ महिला र ३ सय ६५ पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । कुल संक्रमित मध्ये महिला १ हजार ७ सय ७४ र र पुरुष १२ हजार २ सय ७२ जना रहेका छन् । 

प्रकाशित: १७ असार २०७७ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App