८ वैशाख २०८१ शनिबार
समाज

उपत्यकामा कोरोना संक्रमण जोखिम बढ्यो

काठमाडौं उपत्यकामा केही दिनदेखि दैनिक वृद्धि भइरहेको कोरोना संक्रमण बिहीबार एकैदिन ३२ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार १७ जनामा संक्रमण पुष्टि भएको थियो । बिहीबार संक्रमित हुनेहरुमा काठमाडौंका २८ जना, ललितपुरका २ र भक्तपुरका २ जना छन् । नेपालमा कोरोना संक्रमण सुरु भएको पहिलो पटक उपत्यकाका धेरै संख्यामा देखिएको पहिलो पटक हो ।  

उपत्यकामा संक्रमित हुनेहरुमा समुदायका, कन्ट्रयाक्ट ट्रेसिङमा परेका व्यक्ति र अस्पतालमा भर्ना भएकाहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । समयमै आम जनता सचेत नहुने हो भने यो वृद्धि दर छिट्टै नियन्त्रण गर्न नसक्ने अवस्थामा पुग्न सक्ने डा. गौतमले चेतावनी दिए ।  

अहिलेको अवस्थालाई बृद्धि हुन नदिन हरेक नागरिकले व्यक्तिगत रुपमा पुर्‍याउने सजकताले सहयोग पुग्ने भएकोले सार्वजनिक स्थलमा भौतिक दुरी कायम गर्ने लगायतका अन्य नियम कडाइपुर्वक पालना गरेमा नियन्त्रण सम्भव रहेको उनले बताए । ‘हरेक व्यक्तिले नियम पालना नगरेमा संक्रमण रोक्न सरकार पुनः लकडाउन रोक्न बाध्य हुनेछ’ उनले भने ।  

काठमाडौं तथा अन्य जिल्लाहरुमा कायम संक्रमणको स्थितिलाई ध्यानमा राखी हरेक नागरिक सेचत भएर संक्रमण नियन्त्रणमा सहयोग पुर्‍याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । सकेसम्म भीडमा नजाने, जानै परे भरपर्दो माक्सको प्रयोग गर्ने, केही बस्तु छोएपछि सावुनपानीले हात धुने, घरवाहिरका व्यक्तिसित नजिकको दुरीमा भेटघाट नगर्ने, विदेशवाट आउनेहरु नियमपुर्वक क्वारेन्टिनमा बस्ने लगायत नियम पालना गर्न मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरे ।  

बिहीबार देशभरमा गरी थप ४ सय ७३ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित नेपालमा कुल संक्रमित संख्या १४ हजार ५ सय १९ पुगेको छ । ती मध्येमा १८ सइ ८३ महिला र १२ हजार ६ सय ३६ जना पुरुष छन् ।  

बुधवार राति थप एक कोरोना संक्रमित ४९ दिनको शिशुको त्रिविवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । घाँटीको श्वास–प्रश्वास नलीमा समस्या भई शल्यक्रिया गर्नको लागि भर्ना गरिएको थियो । शल्यक्रियापछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक शिशुमा कोरोना पुष्टि भएको थियो । शिशुसंगै नेपालमा कोरोना संक्रमित कुल मृत्यु ३१ जना पुगेको छ ।  

त्यसैगरी प्रदेश नम्वर २ मा सवै भन्दा बढी ३ हजार ९ सय ९ जना संक्रमित पुष्टि भएको छ भने प्रदेश ५ मा ३ हजार ८ सय ५३ जना संक्रमित पुगेका छन् । त्यसै ग्री सुदुरपश्चिममा ३ हजार २०, कर्णालीमा १५ सय १२ जना, गण्डकीमा १ हजार ४८ जना,  प्रदेश १ मा ६ सय ३६, बाग्मतीमा ५ सइ ५ जना संक्रमित छन् । त्यसैगरी ५ सय भन्दा बढी संक्रमित हुने जिल्लाहरु ८ जिल्ला पुगेका छन् ।

प्रकाशित: १८ असार २०७७ १५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App