२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विदेशबाट आएकामै काेराेना संक्रमण बढी देखियाे : स्वास्थ्यमन्त्री

स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिलेसम्म संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउन्डेसनले सहयोग स्वरूप उपलब्ध गराएका स्वास्थ्य सामग्री बुझ्दै अहिलेसम्म देशमा संक्रमण भएका १३ हजार संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा संक्रमण फेला परेको उनले बताएका हुन् ।

मन्त्री ढकालले सोमबारसम्म करिब १३ हजार संक्रमितको संख्या पुगेको र त्यसमध्ये ३ हजार २ सय निको भइसकेकाले अहिले पनि नियन्त्रणमै रहेको जनाए । उनका अनुसार दैनिक १० हजार पिसिआर परीक्षण गर्ने गरी ल्याब विस्तार गर्न लागिएको छ ।  

अहिले देशभर २२ वटा पिसिआर ल्याबबाट दैनिक ७ हजार ७ सय ९१ जनाको परीक्षण सम्भव भएको र अबका केही दिनभित्र देशभर ३३ वटा ल्याब पु¥याएर दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको छ  ।

मन्त्री ढकालले  रेडक्रस सोसाइटी र कोकाकोला फाउन्डेसनले अप्ठेरो अवस्थामा बिरामीको उपचारमा प्रयोग गरिने भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराउँदा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको मनोबल बढेको बताए ।

स्वास्थ्य सामग्री सहयाेग

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउन्डेसनले सातवटा भेन्टिलेटरसहित गगल्स ३ सय थान, सर्जिकल मास्क १ हजार १ सय ५० थान, डिस्पोजेबल कभर ५ सय ५० थान, ग्लोब्स २० हजार थान, बुट ४ सय ५० थान, स्यानिटाइजर २ सय ५० वटा, सोडियम हाइड्रोक्लोराइड ५ लिटरको ४ सय ५० ग्यालेन र साबुन १५ हजार पिस सहयोगस्वरूप उपलब्ध गराएको हो । 

१ करोड ५७ लाख रुपैयाँ बराबरको यी स्वास्थ्य सामग्री दुई चरणमा उपलब्ध गराइने रेडक्रसले जनाएको छ । आज पहिलो चरणमा केही मास्क, स्यानिटाइजर, साबुन, गगल्सलगायतका सामग्री उपलब्ध गराएको हो । भेन्टिलेटर भने दोस्रो चरणमा उपलब्ध गराउने रेडक्रसले जनाएको छ । 

प्रकाशित: १६ असार २०७७ ०७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App