coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमण घट्दो क्रममा: २०४ जना नयाँ संक्रमित

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयले ५ दिनयता नयाँ कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गएको जनाएको छ। आरटि पिसिआर परिक्षण संख्या यथावत रहे पनि संक्रमितको सख्या दिनहुँ घटिरहेको तथ्याकं मन्त्रालयले मंगलबार प्रस्तुत गरेको छ। असार १९ गते ७ सय ४० संक्रमित रहेकोमा २३ गतेसम्म आइपुग्दा २ सय ४ जनामा कोरोना पुष्टि भएको छ। नयाँ संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या १६ हजार १ सय ६८ जना पुगेका छन्। तीमध्ये ७ हजार ४ सय ९९ जना छन्।  

असार १९ गते ४४ सय ८३ वटा नमुना परीक्षण भएकोमा सोमबार ६१  सय  ३३ वटा नमुना परीक्षण गरिएको थियो। दैनिक ४ हजारदेखि ६ हजारको संख्यामा परीक्षण भएको तथ्यांक छ।  

यो अवधिमा दैनिक घट्दै गएको तथ्याकंंले देखाएको छ। संक्रमित घटेपछि विभिन्न आइसोलेसनमा उपचार गर्नेको ं संख्या पनि घटेको मन्त्रालयले जनाएको छ। असार १९  गतेसम्म ९ हजार ८४ जना संक्रमित रहेकोमा असार २३ मा ८ हजार ६ सय ३४  जना मात्र देशभरिका आइसोलसनमा छन्। बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी थप २६ जनामा कोरोना पुष्टि भएको छ। तीमध्येमा १२ जना काठमाडौं, १० जना ललितपुर र ४ जना भक्तपुरका छन्।  

त्यसैगरी, क्वारेनटिनमा पनि उल्लेखनीय संख्या घटेको तथ्याकंले आंैल्याएको छ। २५ हजार ७ सय २७ जना मात्र क्वारेनटिनमा रहको छन्।  

त्यसैगरी कोरोना संक्रमण भएका ७७ जिल्लामध्ये ५ वटा जिल्ला कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। सोलखुम्बु, भोजपुर, हुम्ला, तेह«थुम र भोजपुरमा कोरोना संक्रमित छैनन्। ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका ६ जिल्ला महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा छन्।  

संक्रमण दर घट्नुको कारण भारतबाट आई क्वारेनटिनमा बस्नेहरु घट्दै गएपछि संक्रमण दर पनि घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनको अनुसार सुरुमा २ लाख क्वारेनटिनमा रहेकोमा अहिले घटेर २५ हजार मात्र छन्। बाँकी १ लाख ७५ हजारको परीक्षण गरिसकेको छ। परीक्षण भएकामध्ये ९० प्रतिशत भारतबाट आएका थिए। अहिले केही क्वारेनटिनको नमुना र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गर्दा पोजिटिभ देखिएको मन्त्रालयले प्रवक्ता गौतमले बताए। केहीदिनभत्रै थप १२ सय वटा नमुना समुदायको गरिने उनले जानकारी दिए।  

मंगलबार राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख वासुदेव पाण्डेले नेपालमा अहिलेसम्म छिटपुट रूपमा गैर आयतित व्यक्तिमा कोरोना संक्रमण देखिएको समुदायमै भयाभह हुनेगरी नफैलिएको दाबी गरेका छन्। उनले सोही क्रममा काठमाडौंमा पुष्टि भएकाहरू पनि हालै कुवेत, साउदी अरबिया तथा अन्य देशबाट उद्धार गरी आएकाहरू रहेका बताए। कतिपयले काठमाडौंको ठेगाना दिएका तर उपत्यकाबाहिरका रहेको पनि उनले बताए।  

 

प्रकाशित: २४ असार २०७७ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App