१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमणबाट मृत्युभएकाको शव अन्त्येष्टी गर्न स्थानीयको अवरोध

कोरोनाबाट मृत्युभएकाको शव अन्त्येष्टी गर्न अवरोध गर्दै स्थानीय । तस्बिर नरहरि/नागरिक

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तीको शव अन्त्येष्टी गर्न स्थानीयले अवरोध गरेका छन् । गोरखा नगरपालिका र शहिदलखन गाउँपालिकाको सिमानामा पर्ने दरौँदी र लुदी खोलाको दोभानमा शव व्यवस्थापन गर्ने तयारी गरिएका बेला स्थानीयले रोकेका हुन् ।

संक्रमितको मृत्युभएको पुष्टि भएसँगै शनिबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले शहिद लखन गाउँपालिका–१ बक्राङ र गोरखा नगरपालिका–१२ को सिमानामा पर्ने लुदीखोला दोभानमा शव व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । अहिले त्यहाँ ५० भन्दाबढि स्थानीय भेला भएका छन् भने प्रहरी परीचालन गरि स्थानीयलाई सम्झाउने काम गरिएको छ । प्रहरी सहित जेसिभी पठाएर खाल्डो खन्ने तयारी भएपछि स्थानीयले शव ल्याउन लागेको भन्दै अवरोध गरेका हुन् । बिहान ५ बजे अस्पतालमा मृत्युभएका संक्रमितको शव भने अस्पतालमा नै रहेको सुचना अधिकारी कृष्ण ढकालले बताए ।  

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुषको कोरोनाका कारण आज बिहान मृत्युभएको हो । कतारबाट असार १६ गते आएका उनी गाउँमै क्वारेन्टिनमा रहेको र शुक्रबार राती स्वास्थ्य समस्या देखिएपछि गोरखा अस्पतालको आइसोलेसनमा लगएको थियो । उपचारको क्रममा उनको मृत्युभएको हो ।

प्रकाशित: २० असार २०७७ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App