११ कार्तिक २०८१ आइतबार
image/svg+xml

कारागारमा तीव्र संक्रमण

आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउने सुरक्षा निकायका ब्यारेक र चौकीहरूका कोरोना संक्रमण बढेको छ। संक्रमित प्रहरीलाई नियमित काममा परिचालन गर्न नसकिने भएपछि कोरोना संक्रमण फैलिएका कतिपय प्रहरी कार्यालयमा सुरक्षाकर्मी अभाव देखिन थालेको छ।

स्वास्थ्य सेवा नै अप्ठ्यारोमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को अहिले बढदो संक्रमणका कारण नेपालीको स्वास्थ्य सेवा नै अप्ठ्यारोमा परेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक बढिरहेको संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न सीमित साधन स्रोतले गर्नुपरेकाले अप्ठ्यारो परिस्थितिसँग जुध्नुपरेको बताएका छन्।

सरुवाले फैलायो संक्रमण

महामारीका बेला प्रहरीको सरुवा गर्दा कोरोना फैलिने डर देखिएको छ। प्रहरी प्रधान कार्यालयले करिब एक महिनाअघि ४९ जना एसपीको सरुवा गरेको थियो। सरुवा गर्दा वा बिदामा बसेर ओहोरदोहोर गर्दा प्रहरी कार्यालयमा कोरोना फैलिने गरेको छ।

महोत्तरीमा कोरोनाबाट दुई जनाको मृत्यु

महोत्तरीको दुई पालिकाका दुई जना पुरुषको कोरोनाबाट शनिबार मृत्यु भएको छ। महोत्तरीको भंगहा नगरपालिका–१ का ३५ वर्षीय पुरुष र पिप्रा गाउँपालिका–७ का ७० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको प्रादेशिक कोभिड विशेष अस्पताल जनकपुरका प्रमुख डा. जामुनप्रसाद सिंहले जानकारी दिए।

साढे तीन घण्टामा एकको मृत्यु

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार भदौमा देखिएको तथ्यांकले आगामी दिन थप भयावह हुने संकेत गरेको छ । कोरोना संक्रमितको घट्दो निको हुने दर र बढ्दो मृत्युदर मुख्य चुनौती देखिएको छ ।

क्वारेन्टिनमा बसेकामा नै कोरोना संक्रमण

रसुवामा क्वारेन्टिनमा बसेकामा नै कोरोना संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको उत्तरगयाका गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो । समूहमा राखिएकामध्ये एक जनामा कोरोना पुष्टि भएपछि उनलाई पुनः त्यही राखियो ।

चितवनमा उपचाररत गोरखाका एक पुरुषको कोरोनाबाट मृत्यू

चितवनमा उपचाररत ३८ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नम्बर १३ का ति पुरुष प्रेसर र निमोनियाका बिरामी थिए ।

अलमलबाट सुधारतिर, कोरोनाविरुद्ध प्रदेश सक्रिय

कोरोना संक्रमण बढिरहेका बेला प्रदेश सरकारको सक्रियता बढ्न थालेको छ। विगतमा आशालाग्दो सुरुआत गरे पनि त्यसलाई निरन्तरता दिन चुक्दा आलोचित बनेका प्रदेश सरकार अहिले फेरि कोरोनाविरुद्ध सक्रिय हुन थालेका छन्। केही प्रदेश सरकारका प्रमुख (मुख्यमन्त्री) अहिले जिल्ला दौडाहामा छन्। उनीहरूले सरोकारवालासँग छलफल गरी सुझाव लिइरहेका छन्। साथै कोरोनाविरुद्ध लड्न आवश्यक बजेट व्यवस्थाका लागि पनि सक्रियता देखाएका छन्। संघीय सरकारको मुख ताक्ने र मातहतका संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्न नसक्दा संक्रमणले भयावह रूप लिन थालेपछि प्रदेश सरकार आफैं सक्रिय हुन थालेका हुन्। यसबाट जनमानसमा थप उत्साह सञ्चार भएको छ।

प्रदेश ५ : प्रहरीमा पनि फैलँदै कोरोना, ५३ जना कोरोना संक्रमित प्रहरी उपचारमा

कोरोना संक्रमण प्रहरी संगठनमा पनि बढ्दै गएको छ । प्रदेश ५ का १२ जिल्ला मध्ये तराईका जिल्लामा कोरोना संक्रमित हुने प्रहरी अधिक छन्। शान्ति सुरक्षा र कोरोना नियन्त्रणका लागि सरकारका हरेक निर्णय कार्यान्वयनमा खटिने भएकाले प्रहरी कोरोना जोखिममा परेका हुन ।

६ जना चिकित्सकमा कोरोना देखिएपछि अस्पताल बन्द

कर्णाली प्रदेश अस्पतालमा कार्यरत छ जना डाक्टरहरुमा कोरोना संक्रमण देखिएपछि अनिश्चितकालका लागि अस्पतालको आकस्मिकबाहेका सबै सेवा बन्द गरिएको छ । बुधबार पाँच जना र मंगलबार एकजनामा कोरोना संक्रमण देखिएको थियो । अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार कोरोना संक्रमण देखिएका दुई जना कन्सल्ट्यान्ट डाक्टर हुन् भने चार जना मेडिकल अधिकृत हुन् ।

संक्रमणबाट बँचाउन अनुगमनमा कडाई

जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुले कोरोना भाईरसको संक्रमण जोखिम हुन नदिन अनुगमन कार्य तिब्र पारेको छ । एकपछि अर्को संक्रमित जिल्लामा बढ्दै गएपछि दुईसातायता निशेधाज्ञा जारी गरेको प्रशासनले संक्रमण बढ्न नदिन अनुगमन कार्यलाई तिब्रता दिएको हो ।

कोरोनाविरुद्ध नेपालका तीन चुनौती

कोरोनाविरुद्ध लडाइँका लागि नेपालसामु मुख्य तीनवटा चुनौती रहेको विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोेश भाण्डेलारले बताएका छन् ।

थप एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि

खोटाङमा संक्रमित साथीसँगै एउटै क्वारेन्टिनमा बसेका एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन २३ गते बिराटनगरबाट जिल्ला प्रहरी कार्यालय खोटाङमा हाजिर भएका ११ जना प्रहरी जवानमध्ये थप एक जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

कपिलवस्तुमा कोरोना संक्रमणको दर ८ दशमलव ६ प्रतिशत

कपिलवस्तुमा स्वाब संकलन गरिएकामध्ये ८ दशमलव ६ प्रतिशतमा कोरोना संक्रमित भेटिएका छन्। जिल्लामा मंगलबारसम्म १२ हजार ४३२ जनाको स्वाब संकलन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्