७ वैशाख २०८१ शुक्रबार
समाज

संक्रमणबाट बँचाउन अनुगमनमा कडाई

कोभिड जोखिम हुन नदिन बजार अनुगमन गर्दै टोली । तस्बिर : महेश्वर/नागरिक

जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुले कोरोना भाईरसको संक्रमण जोखिम हुन नदिन अनुगमन कार्य तिब्र पारेको छ । एकपछि अर्को संक्रमित जिल्लामा बढ्दै गएपछि दुईसातायता निशेधाज्ञा जारी गरेको प्रशासनले संक्रमण बढ्न नदिन अनुगमन कार्यलाई तिब्रता दिएको हो ।  

लकडाउन र निशेधाज्ञाका बेलासमेत खाद्यान्न पसल र उद्योग कलकाराखानमा जमघट र भिडभाड हुने गरेको पाइएपछि संक्रमण बढ्ने खतराबाट बँच्न र बँचाउन गठित जिल्लास्तरीय अनुगमन समितिलाई परिचालनमा जोड दिइएको हो । खाद्यान्न किनमेल तथा अत्यावश्यक कामको बहानामा आउजाउ र सवारीसाधन तथा कृषि र विकास निर्माणका काममा मजदुरको आउजाउ तथा बाक्लो सवारी साधन सञ्चानलमा लापरवाही देखिएकाले अनुगमनलाई तिव्रता दिनु परेको डिसिसिएमसीले जनाएको छ ।  

अनुगमन संयोजक सहायक प्रमुख जिल्ला अधिकारी शसीकुमार लम्सालका अनुसार दैनिक उपभोग्य सामग्रीको खरिद विक्री तथा कृषि र मजदुरीको नाममा कतिपयले निषेधाज्ञासमेत उल्लंघन गर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जारी गरेको मापदण्ड अनुसार गरेको नपाइएपछि त्यसको नियमन गर्न गतसाता बसेको डिसिसिएमसीको बैठकले जिल्लाभित्र स्वास्थ्य सुरक्षा अपनाउन मापदण्ड बनाएर कडाईसाथ लागू गर्न अनुगमन समिति गठन गरेको थियो । सो समितिले अनुगमन कार्यलाई तिव्रता दिएको संयोजक लम्सालले बताए ।  

प्रशासनले निषेधाज्ञा अवधिमा पनि विहान ९ः०० देखि १२ः०० वजेसम्म खाद्यान्न र दैनिक उपभोग्य सामान खरिद विक्रीका लागि ३ घण्टा बजार खुल्ला गर्ने गरेका छ । त्यसबाहेक समयमा पनि सर्वसाधारण र व्यापारीले निशेधाज्ञा अवज्ञा गरेको पाइएपछि अनुगमन गरी त्यस्तालाई सचेत गराउदै अटेर गर्नेमाथि कारवाही थालिएको उनले बताए । निशेधाज्ञा अवज्ञा गर्नेलाई एकपटकका लागि सचेत गराएर छाड्ने र गल्ती दोहो¥याए ‘संक्रामक रोग ऐन २०२०’ अनुसार कारबाही गर्ने उनले बताए ।

अनुमगन टोलीले सदरमुकाम गाईघाटलगायत चौदण्डीगढी र बेलका नगरपालिकामा  मात्र नभएर निशेधाज्ञा जारी नभएका रौतामाई ७ को मुर्कुची बजार र उदयपुरगढी ६ को नेपालटारको समेत अनुगमन गरेको छ । निशेधाज्ञा जारी भएकामा भन्दा नभएकोमा बढी लापरबाही हुने हुँदा संक्रमणको खतरा बढी हुने भएकाले टोली त्यसतर्फ पनि सचेत भएको लम्सालले बताए । अनुगमनको क्रममा मास्क, सेनिटाईजर प्रयोग गर्न र पसलवाहिर हातधुने सावुन र पानी अनिवार्य राख्न व्यापारीलाई निर्देशन दिइएको छ । त्यस्तै पसलमा व्यापारी र ग्राहकले अनिवार्य तोकिएको सामाजिक दुरी कायम गर्न पनि टोलीले आग्रह गरेको छ ।

खाद्यान्न, उपभोग्य सामान तथा औद्योगिक बस्तुहरू र विकास निर्माणमा प्रयोग हुने सामानको ढुवानी गर्दा त्यस्ता सवारी साधनका चालक र सहचालकहरूलाई सवारी साधनबाट वाहिर ननिस्कन, सामान लोड अनलोड गर्दा छुट्टै मजदुर प्रयोग गर्र्न, सामान  अनलोड गरेपछि अनिवार्य गाडी र मजदुरलाई सेनिटाईज गर्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागू गरिएको छ । कोभिड–१९ बाट बँच्न सरकारी तथा सम्बन्धित निकायमार्फत निरन्तर सन्देस प्रवाह भईरहे पनि कतिपयले अटेर गर्ने गरेको पाइएपछि अनुगमन कडा गर्नुपरेको हो ।

प्रकाशित: १० भाद्र २०७७ १५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App