२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

महोत्तरीमा कोरोनाबाट दुई जनाको मृत्यु

महोत्तरीको दुई पालिकाका दुई जना पुरुषको कोरोनाबाट शनिबार मृत्यु भएको छ। महोत्तरीको भंगहा नगरपालिका–१ का ३५ वर्षीय पुरुष र पिप्रा गाउँपालिका–७ का ७० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको प्रादेशिक कोभिड विशेष अस्पताल जनकपुरका प्रमुख डा. जामुनप्रसाद सिंहले जानकारी दिए।

उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना भएका दुबैजनाको मृत्यु भएपछि मात्र पिसिआर रिपोर्ट पोजेटिभ आएको छ। डा. सिंहले भने,‘ सम्भावित कोरोना संक्रमितलाई राखिने आइसोलेसन कक्षमा राखेर उपचार सुरु गरिएको थियो। उपचारकै क्रममा शनिबार बिहान उनीहरुको मृत्यु भएको छ।’  

हाल उनीहरुको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने तयार गरिरहेको उनले बताए। यससँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

प्रकाशित: १३ भाद्र २०७७ १०:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App