१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

३० हजारभन्दा बढीको स्वाब परीक्षण बाँकी

दोस्रो पिसिआर परीक्षणका लागि पठाइएको स्वाबको रिपोर्ट छ दिनसम्म पनि नआएपछि क्वारेन्टिनमा बसेकाहरू आन्दोलित भए। क्षमताभन्दा बढी स्वाब संकलन भएर परीक्षणका लागि आएपछि व्यवस्थापनमा समस्या देखिएको छ।

उपत्यकामा ६ जना सहित थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा उपत्यका ६ जना सहित थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता जागेशर गौतमका अनुसार आज थपिएका सगैं संक्रमितको संख्या सात हजार आठ सय ४८ जना पुगेको बताए । उनका अनुसार उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये भक्तपुरमा तीन जना, काठमाडौंमा दुई जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश १ : कोरोनालाई जितेर एकैदिन फर्के ४० जना

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ उपचार केन्द्रबाट ४० जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । कोरोना भाइरस मुक्त भएका ४० जनालाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेशसभा सदस्य लोकप्रसाद संग्रौला, राजकुमार ओझा, सुन्दरहरैँचाका प्रमुख शिव ढकाललगायतले बिहीबार उनीहरूलाई फूल दिएर अस्पतालबाट बिदाइ गरे ।

भक्तपुर प्रहरी परिसरका एकजना प्रहरीमा कोरोना संक्रमण पुष्टि

भक्तपुर प्रहरी परिसरको सन्चार शाखामा काम गर्ने एकजना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट परिसरमा प्रहरी जवानमा कोरोना संक्रमण पुष्‍टि भएकाे हाे । फिल्डमा पनि नखटिने उनलाई कसरी संक्रमण भयाे भन्‍ने खुल्न सकेकाे छैन ।

दश दिनसम्म पनि रिपोर्ट नआउँदा तनावमा थिए आत्महत्या गरेका पुरुष

अर्घाखाँचीको शितगंगा ५ का देवबहादुर कोरोनाबाट बच्न हजारौ माइलको कष्टदाइ यात्रा पार गरेर जेठ १० गते स्वदेश फर्कीएका थिए । भारतको पन्जाबबाट फर्केका उनी आएकै दिनदेखि शितगंगा ५ को हरि माध्यामिक विद्यालयको क्वारेन्टिनमा बसेका हुन । क्वारेन्टिनमा बसेको १४ दिनमा गरीएको आरडिटी टेष्टमा रिपोर्ट पोजेटिभ आयो ।

शव व्यवस्थापन गर्न अध्यक्षको गाडी

कोरोना सङ्क्रमणबाट मृत्यु भएकी एक महिलाको शव व्यवस्थापनका लागि पालिकाको गाडी प्रयोग भएको छ। बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज आइसियूमा उपचार गराइरहेकी बाँके बैजनाथपुरकी एक महिलाको मृत्यु भएपछि बैजनाथ गाउँपालिकाको गाडी शव ल्याउन प्रयोग गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले जानकारी दिए।

थप ५८६ मा कोरोना संक्रमण, संक्रमितको संख्या सात हजार नाघ्याे

बुधबार नेपालमा थप पाँच सय ८६ जनामाकोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमा ४० महिला र पाँच सय ४६ जना पुरुष छन् ।स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको सं‌ख्यासात हजार एक ७७ पुगेको छ । जसमा पाँच सय ३९ महिला र ६ हजार ६ सय ३८ जना पुरुष छन् । बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् ।

चीनसँगका नाका बन्द हुँदा कर्णालीका उत्तरी क्षेत्रमा खाद्यान्न संकट

कोरोना संक्रमणका कारण चीनसँगका सीमा नाका बन्द हुँदा कर्णाली प्रदेशका उत्तरी क्षेत्रमा खाद्यान्न संकट सुरु भएको छ । लामो समयको बन्दाबन्दी (लकडाउन)का कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चीन हुँदै सहुलियतको खाद्यान्न पठाउन पाएको छैन् भने दैनिक उपभोग्य वस्तु खरिद गर्ने नजिकका चीनका बजारहरू बन्द हुँदा उत्तरी क्षेत्रका जनताहरू खाद्य संकटमा परेका हुन् ।

कोरोना उपचार कोषबाट २३ करोड खर्च गर्ने निर्णय

विदेशबाट आएका नागरिकहरूबाट कोरोना संक्रमण फैलिन नदिनका लागि बनाइएको क्वारेन्टीनमा विभिन्न खालका समस्या देखिएपछि अव मापदण्ड नपुगेका क्वारेन्टीनहरूको मर्मत तथा सुधार गरिने भएको छ ।

रोल्पामा कोरोना संक्रमितको संख्या ३९ पुग्यो

मंगलवार रोल्पामा एक जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले रोल्पाका १ जना पुरुषमा कोरोना संक्रमण भएको बताएका हुन । स्वास्थ्य कार्यालय रोल्पाका अनुसार उनि सुनिलस्मृती गाउँपालिकाका २४ वर्षिय पुरुष हुन् ।

थप ३८० जनामा कोरोना, संक्रमितको संख्या ६ हजार पाँच सय ९१

मंगलबार नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयकाे प्रवक्ता जागेश्वर गाैतमका अनुसार कुल सं‌क्रमितको संख्या ६ हजार पाँच ९१पुगेकाे बताएका छन् । मंगलबार थपिएकामा २८ महिला र तीन सय ५२ पुरुष रहेकाे छन् ।

कर्णालीमा थप नौ जनामा कोरोना संक्रमण

कर्णालीमा मंगलबार थप नौजना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ८६ पुगेको छ ।

ताप्लेजुङमा कोरोना संक्रमण रोक्न काबेलीको हेल्थ डेक्स मंसिर सम्म रहने

अहिले सम्म कोरोना संक्रमित फेला नपरेको ताप्लेजुङमा संक्रमण फेला नपर्ने अवस्था कायम राख्न सीमा क्षेत्र काबेलीमा स्थापित हेल्थ डेक्सलाई आउँदो मंसिर महिना सम्म कायम राखिने भएको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिले संक्रमण बिहिन जिल्लाको रुपमा ताप्लेजुङलाई कायम राख्न सीमा क्षेत्र काबेलीमा रहेको हेल्थ डेक्सलाई कायम राख्ने निर्णय लिएको हो । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सीमा क्षेत्र आवत जावतमा कडाई गर्ने नीति अनुरुप हेल्थ डेक्सलाई थप प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिए ।

भारतबाट फर्केकालाई आरडिटीको भरमा घर पठाइदै

सोमबार प्रदेश २ मा एक सय ७१ जना संक्रमित थपिएर संख्या दुई हजार १ सय ८२ पुग्दा सिरहाको कल्याणपुर नगरपालिकामा चार जना थपिएर संख्या ६८ पुगेको छ ।

अत्यधिक कोरोना संक्रमणले बढायो त्रास

रौतहटमा अत्यधिक कोरोना संक्रमित फेला पर्न थालेपछि सर्वसाधारणमा त्रास बढेको छ । रौतहटमा सोमवार एकैदिन अहिलेसम्मकै उच्च १०२ जना कोरोना सक्रमित फेला परेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्