२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुर प्रहरी परिसरका एकजना प्रहरीमा कोरोना संक्रमण पुष्टि

भक्तपुर प्रहरी परिसरको सन्चार शाखामा काम गर्ने एकजना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट परिसरमा प्रहरी जवानमा कोरोना संक्रमण पुष्‍टि भएकाे हाे । फिल्डमा पनि नखटिने उनलाई कसरी संक्रमण भयाे भन्‍ने खुल्न सकेकाे छैन ।

उनको चार दिनअघि आरडीटीबाट काेराेना परीक्षण गर्दा पाेजेटिभ आएको थियो । त्यसपछि उनलाई कार्यालय परिसरमा छुट्टै राखिएको थियो । आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई पिसिआर गरिएको थियो । संक्रमित जवानलाई शुक्रराज ट्रफिक तथा सरुवा रोग अस्पताल टेकुको आईसोलेसनमा पठाउने तयारी भइरहेको भक्तपुर प्रहरीले जनाएको छ !

प्रकाशित: ३ असार २०७७ १८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App