coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश १ : कोरोनालाई जितेर एकैदिन फर्के ४० जना

कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्कन लागेकालाई बिदाइ गर्दै । तस्बिरः नागरिक

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ उपचार केन्द्रबाट ४० जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् ।

कोरोना भाइरस मुक्त भएका ४० जनालाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेशसभा सदस्य लोकप्रसाद संग्रौला, राजकुमार ओझा, सुन्दरहरैँचाका प्रमुख शिव ढकाललगायतले बिहीबार उनीहरूलाई फूल दिएर अस्पतालबाट बिदाइ गरे ।

‘प्रदेश १ मा कोरोना नियन्त्रण हुँदै गएकाले प्रदेशवासीले चाँडै सुखद् खबर सुन्न पाउनु हुनेछ,’ मन्त्री घिमिरेले भने, ‘कोरोना संक्रमण अन्त्यको आधार तय हुँदै गएको छ । क्वारेन्टाइनमा मात्र संक्रमण देखिएकाले चाँडै कोरोना नियन्त्रणमा आउने छ ।’ क्वारेन्टाइनमा मात्र संक्रमण देखिएकाले क्वारेन्टाइनलाई व्यवस्थित गर्दै लैजाने मन्त्री घिमिरेले बताए ।

जेष्ठ २२ गतेदेखि २६ गतेसम्म भर्ना भएका ४० जना कोरोना भाइरस मुक्त भएको हुन् । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना रहेका छन् भने १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन् ।

प्रदेश १ मा ४० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको छ । कोरोना भाइरस संक्रमितको संख्या ४ सय १६ रहेको छ । संक्रमितमध्ये २९ जना विराटनगरको कोसी कोभिड १९ उपचार केन्द्र, ८५ जना पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ र ७८ जना धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका छन् ।

प्रकाशित: ४ असार २०७७ १०:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App