सुर्खेतमा बढ्दै कोरोना संक्रमण
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो पाँच दिनमा सुर्खेत जिल्लामा दुई सय ४७ जना नयाँ संक्रमितहरु फेला परेका छन्।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो पाँच दिनमा सुर्खेत जिल्लामा दुई सय ४७ जना नयाँ संक्रमितहरु फेला परेका छन्।
१ हजार १ सय ८९ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ६५ र १ हजार ५ सय २६ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ८२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना भाइरसविरुद्धको खोप सहयोग दिने भएको छ।
महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ।
बिहीबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट प्रवक्ता तथा राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले आगामी पाँच महिनाको संक्रमणको यस्तो प्रक्षेपण गरेका हुन्।
टोकियो सहरमा त्यहाँको सरकारले स्वास्थ्य संकटकाल लगाइरहेको अवस्थामा पनि संक्रमण दर तीव्र गतिमा फैलिरहेकाले सरकारले स्वास्थ्य क्षेत्रमा सुरक्षाको मापदण्डलाई झनै कडा बनाएको हो।
पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा ८ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
जनस्वास्थ्य विज्ञहरूले नेपालमा संक्रमणको तेस्रो लहर सुरु भएको बताएका छन्। दैनिक संक्रमणदर बढ्दै गएको र यो थप बढ्ने क्रममा रहेकाले तेस्रो लहर सुरु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। ‘संक्रमण बढ्ने क्रममा देखिनु भनेको तेस्रो लहरको सुरुवात हो’, उनले भने।
११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र ४९४४ जनाको एन्टीजेन परीक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो।
प्रदेश राजधानी सुर्खेतमा कोरोना संक्रमण दर बढ्न थालेपछि स्थानीय प्रशासनले जनचेनतामूलक कार्यक्रमलाई तीव्रता दिन थालेको छ। प्रमुख जिल्ला अधिकारी छवी रिजाल आफै सडकमा निस्किएर जनचेतना फैलाउँदै माक्स वितरण गरिरहेका छन्।
पछिल्लो २४ घण्टामा उपत्यकामा ९ सय ४ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन ७ सयको हाराहारीमा संक्रमित भेटिएका थिए।
कोराना बिमा सुरु गर्ने बेला निर्जीवन बिमा कम्पनीहरू, नेपाल पुनर्बिमा तथा बिमा समिति र सरकारले भुक्तानी गर्ने सहमति थियो। अहिले आएर सरकारको दायित्वमा परेको रकम निकासा हुन नसकेपछि कोरोना बिमाको भुक्तानी रोक्नुपरेको बताइएको छ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।