११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश १ मा ८ सय ४७ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ सय ४७ जनामा कोरोना संक्रमण भएको छ। १ हजार १ सय ८९ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ६५ र १ हजार ५ सय २६ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ८२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १ सय २४, झापामा १ सय ३, सुनसरीमा ९१, धनकुटामा १४, पाँचथरमा १०, उदयपुरमा ६, भोजपुरमा २, इलाम र तेह्रथुममा ४–४ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ।  

मोरङको विराटनगरमा ४९, बेलबारीमा ३१, सुन्दरहरैँचामा १०, पथरीशनिश्चरेमा ९, उर्लाबारीमा ८, लेटाङमा ४, बुढीगंगा, कानेपोखरी र स्थानीय तह नखुलेका ३–३, ग्रामथानमा २, रंगेली र मिक्लाजुङमा १–१, झापाको दमकमा २२, विर्तामोडमा २१, मेचीनगरमा १६, भद्रपुरमा १३, अर्जुनधारामा ११, गौरादह, बुद्धशान्ति र स्थानीय तह नखुलेका ५–५, शिवसताक्षीमा २, कमल गाउँपालिका, कचनकवल र कनकाईमा १–१, सुनसरीको इटहरीमा ४३, धरानमा ४०, इनरुवामा ३, बराहक्षेत्र र स्थानीय तह नखुलेका २–२, रामधुनीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ९, सहिदभूमिमा २, महालक्ष्मी, छथर र पाख्रिबासमा १–१, पाँचथरको फिदिममा ७, हिलिहाङ, मिक्लाजुङ र फालेलुङमा १–१, उदयपुरको त्रियुगामा ४ र स्थानीय तह नखुलेका २, भोजपुरमा २, इलामको चुलाचुलीमा २, देउमाई र सूर्योदयमा १–१, तेह्रथुमको म्याङलुङ, लालीगुराँस, फेदाप, छथरमा १–१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको  छ।  

प्रदेशमा शुक्रबार ४ सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय १९ महिला र २ सय ४६ पुरुष संक्रमणमुक्त भएका हुन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २२ श्रावण २०७८ ११:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App