३ मंसिर २०८१ सोमबार
image/svg+xml

केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप

तीन हजार २१५ कैदीबन्दी रहेको केन्द्रीय कारागारभित्र तीन जेल रहेका छन्। हाल सो जेलमा एक हजार ८२२, भद्र जेलमा एक हजार ३८ र महिला जेलमा ३५५ कैदीबन्दी छन्। उक्त जेलमा १६ नाबालकसमेत छन्। कोरोनाको पहिलो चरणमा केन्द्रीय कारागारमा कोरोना सङ्क्रमणका कारण आठ जनाको निधन भए पनि दोस्रो चरणको कोरोनाबाट कसैले पनि ज्यान नगुमाएको जेलर अधिकारीले बताए।

खचाखच भरियो भेरी अस्पतालको कोभिड वार्ड

संक्रमितको संख्या ह्वात्तै बढेपछि भेरी अस्पतालको कोभिड वार्ड भरिभराउ भएको छ।नेपालगन्जका विभिन्न तीन वटा प्रयोगशालामा दैनिक रूपमा नयाँ संक्रमित फेला पर्न थालेपछि बिरामीको चाप बढेको हो।

मंगलबारबाट पारालम्पिक सुरु

यस टोकियो पारालम्पिकमा सहभागिता हुन नपाउने २१ राष्ट्रमध्ये एक अफगानिस्तान पनि थियो। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष एन्ड्य्रु पार्सन्सले यस आयोजनामार्फत परिवर्तनको सन्देश जाने विश्वास व्यक्त गरे। १३ दिनसम्म चल्ने प्रतिस्पर्धामा २२ खेलका खेलाडीहरूले ५ सय ३९ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन्।

एक खर्बले बढ्यो रेमिटेन्स

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रोजगारीका लागि बिदेसिएका नेपालीले नौ खर्ब ६१ अर्ब पाँच करोड रूपैयाँ रेमिटेन्स पठाएका छन्। अघिल्लो आर्थिक वर्ष आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो ।

स्थापित हुँदै पोखरा जोड्ने आन्तरिक हवाई रुट

पोखरा विमानस्थलका अनुसार पोखरा–काठमाडौं हवाई रुटमा दिनमा एकतर्फी यात्रुको संख्या करिब आठ सय छ। अहिले बुद्ध र यती एयरलाइन्सले पोखरा–काठमाडौं रुटमा ७२ सिट क्षमताका जहाजबाट दिनमा दर्जन हाराहारी उडान गरिरहेका छन्। बुद्धले पोखराबाट भैरहवा, भरतपुर र नेपालगन्जसम्म उडान थप्दा यात्रु संख्या दिनहुँ बढिरहेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी बताउँछन्।

थप २ हजार ५२५ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९०१ एन्टिजेन परीक्षणमा ५०५ जनामा संक्रमण पुष्टि भएको हो।

थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ र २ हजार ६२२ को एन्टिजेन परीक्षण गर्दा २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमणको असरले नयाँ रोग

चिकित्सकका अनुसार कोरोना संक्रमणको गम्भीर तथा मध्यम लक्षण भएकाहरूमा संक्रमणपछि कपाल झर्ने, मुटुको चालमा गडबडी हुने, हृदयघात, मधुमेह बढ्ने तथा अन्य स्नायु सम्बन्धी रोग लाग्ने गरेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुुर पुनका अनुसार कोरोना सन्चो भएपछि उनीहरूमा अन्य नयाँ रोग देखिएका छन्।

बाँकेमा कोरोनाको डरलाग्दो संक्रमण

दोस्रो लहरको कोरोना संक्रमणका बेला ‘हटस्पट’ बनेको बाँकेमा अहिले पुनः संक्रमण दर फैलिँदै गएको छ। संक्रमण पूर्ण रुपले नियन्त्रणमा नआउँदै पुनः बढेको हो।

बैतडीमा २९ हजार बढीले गरे कोरोना परीक्षण

बैतडीमा २९ हजार बढी नागरिकको कोरोना परीक्षण गरिएको छ। जिल्लाभरी पिसिआर र एन्टिजेन विधिबाट २९ हजार १८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

थप १९ सय २० जनामा कोरोना संक्रमण, २४ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षणमा १ हजार ७०२ र ३ हजार ७३ एन्टिजेन परीक्षणमा २१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

थपिए २०७५ नयाँ सक्रमित, ३० को मृत्यु

कोरोना संक्रमणको स्थितिबारे दैनिक तथ्यांक अद्यावधिक गर्दैै मन्त्रालयले सो अवधिमा ७ हजार ७ सय ३ को पीसीआर परीक्षण र ५ हजार ३ सय ७२ को एन्टिजेन परीक्षण गरेको जनाएको छ।

अस्ट्राजेनेका खोप शनिबार र सोमबार आइपुग्ने

जापान सरकारले नेपाललाई कोरोनाविरुद्वको थप अस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ। जापानले नेपाललाई दिने भनेको १६ लाख डोजमध्ये आधा यसअघि नै आइसकेको छ भने बाँकी शनिबार र सोमबार गरेर नेपाल आइपुग्ने छ।

जनैपूर्णिमा र गाईजात्रा भीडभाड नगर्न आग्रह

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सूचना जारी गर्दै कोरोना भाइरस संक्रमण तथा जोखिमको दर उच्च भन्दै चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी परम्परागत तरिकाले सांकेतिक रूपमा मनाउन सर्वसाधारणलाई आग्रह गरेका थिए।

थप ३ हजार ७५ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्