१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

थप २ हजार ५२५ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९०१ एन्टिजेन परीक्षणमा ५०५ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५६८ रहेको छ।  

यसैगरि, २ हजार ८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ७ लाख ५१ हजार १ पुगेको छ।

यस्तै, हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार २५० जना रहेका छन्। 

प्रकाशित: ८ भाद्र २०७८ १२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App