२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ र २ हजार ६२२ को एन्टिजेन परीक्षण गर्दा २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ रहेको छ।  

यसैगरि, २४ घन्टामा १ हजार ९२४ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर कोरोना भाइरसक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेका छन्।

प्रकाशित: ७ भाद्र २०७८ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App