९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

कोरोना त्रासः हवाई उडान घटाईयो, बस सेवा रोकियो

पोखरालाई राजधानी सहित चितवन र लुम्बिनी जोड्नेगरि यहाँबाट पर्यटक बस संचालन गर्दै आएपछि अहिलेको संक्रमणको त्रासले यात्रु हिड्नै छाडेको व्यवसायीले बताएका छन्। पर्यटक बसमा मात्र नभई हवाईजहाजमा पनि यात्रु घटेका छन्।

युनाइटेड साउथह्याम्पटनसँग रोकियो

आइतबार राती टोटेनह्यामले उल्भरह्याम्पटनमाथि १–० को निकाल्दा म्यानचेस्टर युनाइटेड भने साउथह्याम्पटनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । गत फेब्रुअरीमा युनाइटेडसँग ९–० को लज्जापूर्ण हार बेहोरेको साउथह्याम्पटन यस पटक भने सुधारिएको प्रदर्शन गर्दै एक अंक चोर्न पनि सफल भयो ।

सुरक्षा फौज राखेर थालिएको सोलु करिडोरको काम रोकियो

अहिले जनताले लगाएको मकै र धानबाली नष्ट गरेर, नम्बरी र ऐलानी जमिन भन्दै भेदभाव गरेर काम सञ्चालन गरेको स्थानीयको गुनासो छ। कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले जनइच्छा र चाहनाविपरित काम गर्दा समस्या निम्तिएको भन्दै वातावरण सहज भएपछि मात्र काम गर्न आग्रह गरेका छन्। समस्याको निकास निकाल्न सर्वपक्षीय छलफल गर्नुपर्ने उनको भनाइ छ।

मर्स्याङदी नदीको पुल भासियो, खाद्यान्न ढुवानी रोकियो

यही असार महिनाको सुरुआतदेखि परेको अविरल वर्षाका कारण मर्स्याङदी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिए।

लुम्बिनीमा बजेट छलफल रोकियो, विपक्षी गठबन्धनद्वारा सदन बहिष्कार

लुम्बिनीमा बजेट माथिको छलफल रोकीएको छ। विपक्षी गठबन्धनले सरकारले बहुमत पुष्टि नगरेसम्म सदनमा भाग नदिने अडान लिएपछि बजेट माथिको छलफल रोकीएको हो। प्रदेश सरकारले असार १ गते ४० अर्ब ९५ करोड बढीको बजेट प्रस्तुत गरेको थियो।

किन रोकियो एमसिसी

प्रधानमन्त्री सभामुखविरुद्ध जंगिए पनि उनकै दल एमालेभित्र एमसिसीको विरोध गर्ने नेताहरूको कमी छैन। एमसिसी मुलुकको हितविपरीत रहेको भन्दै नेकपा माओवादी तथा नेकपा एमालेभित्रकै कतिपय नेताले यसलाई संशोधन नगरी अनुमोदन गर्न नहुने मत राख्दै आएका छन्। यसै कारण उक्त प्रस्ताव लामो समयदेखि संसद्मा रोकिएको छ।

शिक्षक सेवा आयोग: शिक्षामन्त्रीको स्वार्थअनुकूल नहुँदा पदाधिकारी नियुक्ति रोकियो

आयोगमा अध्यक्ष र दुई सदस्य गरी तीन पदाधिकारी नियुक्त हुन सकेका छैनन्। ६ महिनादेखि पदाधिकारीविहीन हुँदा आयोगका सबै काम ठप्प छन्। यसको नकारात्मक असर विद्यालय शिक्षामा परेको छ। आयोगका निवर्तमान अध्यक्ष ताना गौतमको पाँच वर्षे कार्यकाल असोज १३ गते र सदस्यहरूको कार्यकाल २०७७ असारमै सकिएको थियो । आयोगमा अध्यक्ष, महिला सदस्य र पुरुष सदस्य एक/एक जना गरी तीनवटै पद रिक्त छन्।

अवैध धन्दा रोकियोस्

अहिले भर्ना गराउने नाममा अवैध असुलीको काम भइरहेको छ । यसरी अवैध रूपमा कतारी सुरक्षा निकायमा नेपाली भर्ना गरेको विषयमा नेपाल सरकारले आपत्ति जनाउनुपर्छ र यो प्रक्रिया तत्काल रोक्नुपर्छ । यसका साथै यो कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनैपर्छ । यस्तो कार्यलाई राजनीतिक नेतृत्वले नै संरक्षण गरेको हो भने पनि कारबाहीबाट उन्मुक्ति पाउनु हुँदैन ।

रसुवागढी जलविद्युत आयोजनाको टेलरेस सुरुङ निर्माणको काम रोकियो

रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत आयोजनाको टेलरेस सुरुङ निर्माणको काम रोकिएको छ । यो क्षेत्रमा भौगोलिक अवस्था कमजोर भएका कारण निर्माणमा समस्या रहँदै आएकोमा अहिले बर्खाको कारण काम रोकिएको हो ।

औषधि अभावले रोकियो परीक्षण

विराटनगरस्थित कोसी अञ्चल अस्पतालको ल्यावमा प्रयोग हुने औषधि अभाव भएपछि दुई दिनदेखि कोरोना परीक्षण रोकिएको छ । प्रयोगशालामा प्रयोग हुने औषधि अभाव भएका कारण दुई दिनदेखि स्वाब परीक्षण रोकिएको अस्पतालले जनाएको छ ।

भूकम्पपछिको पुनर्निर्माण : म्याद नथपिँदा दोस्रो किस्ता वितरण रोकियो

सकिएको म्याद थप्नेबारे निर्णय नहुँदा भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण रोकिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असारभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने समय सीमा तोकेको थियो।

सिन्धुपाल्चोकमा रोकियो भूकम्पपीडितको अनुदान

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला तह परिवर्तित संरचनामा सञ्चालनमा नआउँदा भूकम्पपीडितको अनुदान वितरण रोकिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पीडितले आवास निर्माण अनुदान पाउन सकेका छैनन्।

भूकम्प पीडितलाई अनुदान वितरण रोकियो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला तह परिवर्तित संरचनामा सञ्चालनमा नआउँदा भूकम्प पीडितलाई अनुदान वितरण रोकिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पीडितले आवास निर्माण अनुदान पाउन सकेका छैनन्।

बाल क्लबको सक्रियतामा बाल विवाह रोकियो

रामारोशन गाउपालिका वडा नम्बर ७ सुतारमा हुन लागेको बाल विवाह बाल क्लबको सक्रियतामा रोकीएको छ। वडामा हुन लागेको बाल विवाह वडामा गठन भएको समाज सुधार बाल संञ्जालको पहलमा रोकिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्