१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

खुट्टाकै सहाराले लेखेर साहित्यकार बन्ने सपना

नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिका–३ जुल्पेटारका यम खाम्चा जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुन। उनि बोल्न र हातले केही पनि गर्न सक्दैनन्। तर खुट्टाको सहयोगमा भने अन्य काम गर्छन्।

शिलवाल र तामाङलाई जागरुक महिला सम्मान

हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा शिलवाल र तामाङलाई जनही नगद १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेको हो। रेडियोले तीजको अवसरमा दुई जना महिलालाई जागरुक महिला सम्मान प्रदान गर्दै आएको छ।

‘सम्झनामा माधव गुरु’ विमोचित

इलामका शिक्षासेवी तथा साहित्यकार प्राध्यापक माधव भँडारीको जीवनी र योगदानमा आधारित पुस्तक ‘सम्झनामा माधव गुरु’ विमोचन गरिएको छ। २०९औं भानुजयन्ती अवसरमा इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला, संगीत प्रतिष्ठानले पुस्तक प्रकाशन र विमोचन गरेको हो।

लीलाध्वज थापाको जन्मजयन्ती: एकैसाथ तीन कृति विमोचन

साहित्यकार लीलाध्वज थापाको १०२औं जन्मजयन्तीको अवसरमा तीन कृति एकैसाथ विमोचन गरिएको छ।

नेपालगन्जमा त्रिपक्षीय प्रतिस्पर्धा

वरिष्ठ साहित्यकार सनत रेग्मी पनि नेपालगन्जको चुनावी पूर्वानुमान गर्न समय लाग्ने बताउँछन्। तर आफ्ना संगठनलाई उम्मेदवारहरूले फकाउने हो भने चुनावी परिणाम गठबन्धनको पक्षमा जाने र अन्यथा फरक परिणाम आउनसक्ने उनको भनाइ छ ।

नगेन्द्रराज रेग्मीको 'कालजयी आवाजहरू' सार्वजनिक

खोटाङमा जन्मिए काठमाडौँलाई कार्यथलो बनाउँदै आएका रेग्मीको 'खोटाङ जिल्लाको साहित्यिक रुपरेखा २०५३' तथा बयालीस जना साहित्यकारहरूको अन्तर्वार्ता 'स्रष्टा संवाद २०५९' प्रकाशन छन्।

इलाममा नेपाल र भारतका साहित्यकारको जमघट

सम्मेलनमा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, चितवन, पोखरा, काठमाडौंलगायतबाट पनि साहित्यकार भेला भएका छन्।

साहित्यकार रीतादेवीका दुई कृति विमोचित

नेपाल भाषाका साहित्यकार रीतादेवी प्रधान जोशी रुमाठका दुई कृति फय् वःगु लँय् र तापालय् थ्वःगु सःको एक समारोहकाबीच सार्वजनिक गरिएका छन्। शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार ध्रुव मधिकर्मी र अनेसासका पूर्व अध्यक्ष तथा नियात्राकार गीता खत्रीले संयुक्त रुपमा कृतिको विमोचन गरे।

दलित आन्दोलनमा डायस्पोरा

अहिले युरोप, अमेरिका तथा अस्ट्रेलियामा मात्र दलित संख्या १२ हजार भन्दा बढी छ। उनीहरूले नेपालको दलित आन्दोलनमा पुर्‍याएको योगदान अतुलनीय छ।

वरिष्ठ साहित्यकार बजिमयको निधन

विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गरेका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता सङ्ग्रह), ‘अन्त्वत्तोगत्वा’ (कथा सङ्ग्रह) प्रकाशित थिए भने करिब आधा दर्जन कृति प्रकाशनको तयारीमा थिए।

अस्ताए साहित्यकार आनन्ददेव भट्ट

त्रिभुवन विश्वविद्यालय अन्तर्गत धरान, धनकुटा, चितवन र अंग्रेजी केन्द्रीय विभागमा गरी झन्डै ३५ वर्ष प्राध्यापन गरेका थिए । विसं. २०५० सालमा उनले सहप्राध्यापक पदबाट राजीनामा दिएर त्रिवि पाठ्यक्रम विकास केन्द्रमा उपनिर्देशकको जिम्मेवारी पाएका थिए । विगत चार वर्षदेखि अल्जाइमर रोगबाट पीडित उनी शिक्षा, साहित्य र राजनीतिका त्रिवेणी थिए ।

रहेनन् वरिष्ठ प्रगतिवादी साहित्यकार भट्ट

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उनका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

आम मानिसको घाउमा मल्हम लगाउन खोज्ने साहित्यकार

नागरिकको हैसियतले समाजमा घटेका, आफूले देखेका र भोगेका घटनाक्रमहरूलाई जीवन्त राख्न लेख्ने गरेको बताउँछन्।

साहित्यकार श्यामदास वैष्णवको निधन

वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ। विसं २०७२ देखि मनोरोगले पीडित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

रहेनन् साहित्यकार कृष्णप्रकाश श्रेष्ठ

साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ। नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्