१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

तीन जना साहित्यकारलाई 'कृष्णभूषण बल सिर्जना' पुरस्कार

कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ। प्रतिष्ठानले विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठलाई नगद २५ हजार १ सय ११ रुपैयाँ राशिको ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ समर्पण गरिएको छ। ५ दशकभन्दा लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय श्रेष्ठका उपान्यास र कथासंग्रह प्रकाशित छन्।

साहित्यकार रिजाललाई गर्गश्री सम्मान

गर्गाचार्य सामुदायिक विश्व भाषा पुस्तकालय विराटनगरले साहित्यकार रमाप्रसाद रिजाललाई गर्गश्री सम्मानबाट सम्मानित गरेको छ ।

वरिष्ठ साहित्यकार प्रा.डा. डिपि भन्डारीको निधन

वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर डीपी भण्डारीको शनिबार निधन भएको छ। ८५ वर्षको उमेरमा भण्डारीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

साहित्यकार अभिनन्दित

प्रगतिशील लेखक संघ (प्रलेस)ले साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गरेको छ। शुक्रबार प्रलेसले राजधानीमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले साहित्यकार आनन्ददेव भट्टलाई धातुमा कुँदिएको अत्रि प्रदान गरेका थिए।

साहित्यकारलाई अभिनन्दन गरिने

प्रगतिशील लेखक संघ (प्रलेस)ले साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गर्ने भएको छ। बुधबार राजधानीमा कार्यक्रमको आयोजना गरेर प्रलेसले साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गर्ने जानकारी गराएको थियो।

सकियो साहित्य सम्मेलन

दक्षिण एसिया र चीनका साहित्यकारहरुले चन्द्रागिरीमा पुगेर आ–आफ्ना देश र यस क्षेत्रको कला, साहित्य र संस्कृतिका बारेमा छलफल गरेका छन्।

जगदम्बा–श्री र मदन पुरस्कार प्रदान

२०७५ सालको मदन पुरस्कार साहित्यकार योगेश राजको ‘रणहार’ लाई प्रदान गरिएको छ। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले उनलाई मदन पुरस्कार प्रदान गरे। त्यस्तै, २०७५ सालको जगदम्बा–श्री पुरस्कारबाट बैरागी काइँला (तीलविक्रम नेम्बाङ) लाई सम्मान गरिएको छ।

फिदिममा ‘मैदारो’ बहस

साहित्यकार भूपिनद्वारा लिखित उपन्यास मैदारोमाथि फिदिममा चर्चा भएको छ। पूर्व भ्रमणमा निस्किएका भूपिनको उपस्थितिमा पाँचथरका साहित्यकारहरुले कृतिको विभिन्न पक्षबारे बहस गरेका हुन्।

बजारमा घिमिरेको ‘होस्टल’

बाल साहित्यकार शाश्वत घिमिरेको उपन्यास ‘होस्टल’ सार्वजनिक भएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता नरहरि आचार्यले ‘होस्टल’ विमोचन गरेका थिए।

बजगाईंले ल्याए ‘दाइबुचु’

साहित्यकार कृष्ण बजगाईंले ‘दाइबुचु’ नामक नियात्रा संग्रह ल्याएका छन्। साहित्यकार बजगाईंले जापान भ्रमणको अनुभूतिहरूलाई समावेश गरेर तयार गरेको ‘दाइबुचु’ सार्वजनिक भएको हो।

साहित्यकार गोरखबहादुर सिंह स्मृति ग्रन्थ विमोचन

राजनीतिज्ञ एवं साहित्यकारहरुले स्वर्गीय साहित्यकार गोरखबहादुर सिंहको व्यक्तित्व र साहित्यिक जीवनको चर्चा गरेका छन्।

विभेदविरुद्ध उभिएर

‘समता’ खण्डकाव्यको श्लोक १५ मा उल्लेख गरिएका यी पंक्तिले जुनसुकै जात वा धर्ममा आश्रित व्यक्ति जन्मने रीत एउटै हो र सबै प्रक्रिया पनि एउटै हो भन्ने दर्शाउँछ। तर, मान्छेभित्र उमेर अर्थात् बोली आएपछि आफ्नो संस्कार खोज्न थाल्छ र आफूले जे सिकेको छ, त्यसैलाई पछ्याउँछ।

‘यो कस्तो प्रेम’ सार्वजनिक

साहित्यकार एवं लेखक मुकुन्द न्यौपानेद्वारा लिखित नयाँ कृति ‘यो कस्तो प्रेम’ नामक लघुकथा सङ्ग्रह सार्वजनिक भएको छ । लघुकथामा उनले भोगेको जीवन र जगतबाट बटुलेका अनुभवका सटिक अभिव्यक्तिलाई प्रस्तुत गरिएको छ ।

कुम्मायकको काखमा साहित्य

कुम्मायक र कुसायक जिल्लाका प्रख्यात ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक इतिहास बोकेका ठाउँ हुन्। कुम्मायक र कुसायकको काखमा रहेको यासोक बजारमा शनिबार साहित्यका वान्कीहरू सुनिए। नेपाली भाषामा मात्र नभई विभिन्न भाषाका साहित्य र सांस्कृतिक प्रस्तुतिले माहोल रोचक बनाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्