२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

संयुक्त लेखनको नमुना

संयुक्त लेखन परम्परालाई निरन्तरता दिँदै साहित्यकारद्वय परशु प्रधान र गोविन्द गिरी प्रेरणाले संयुक्त उपन्यास सार्वजनिक गरेका छन्, ‘विसर्ग’। करिब ५ दशकअघि संयुक्त लेखनमा प्रकाशित उपन्यास ‘आकाश विभाजित छ’को निरन्तरताको रूपमा विर्सगलाई लिन सकिन्छ। केही समयदेखि सुस्ताएको संयुक्त लेखन परम्परालाई साहित्यकारद्वयले पुनः ब्युँताउने प्रयास गरेका छन्।

साहित्यकार बसन्तकुमार शर्म्माको निधन

साहित्यकार बसन्तकुमार शर्म्मा ‘नेपाल’को निधन भएको छ। शर्म्माको शनिबार दिउँसो २ बजे चाबहिलस्थित आफ्नै निवासमा ९७ वर्षको उमेरमा निधन भएको उनका छोरा विनयकुमार नेपालले नागरिक न्यूजलाई जानकारी दिए।

अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै लेखक–साहित्यकार आन्दोलनमा

पछिल्लो समय राज्य तहबाटै अभिव्यक्ति स्वतन्त्रताका घटना बढ्न थालेको भन्दै त्यसको विरोधमा साहित्यकार र लेखकहरू विभिन्न ढंगले लागिपरेका छन्।

राजेन्द्रको ‘फिर्ता चाहियो’

साहित्यकार तथा गीतकार राजेन्द्र थापाद्वारा लिखित कथासंग्रह ‘फिर्ता चाहियो’ सार्वजनिक भएको छ। राजधानीमा जारी पुस्तक मेलामा साहित्यकार वैरागी काइँला,साहित्यकार यादव खरेल, गीतकार एसपी (शंकरप्रसाद) कोइराला, पत्रकार तथा कवि बसन्त बस्नेत, साहित्यकार हरिमाया भेटवाल, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल र पुस्तकका लेखक राजेन्द्र थापाले कथासंग्रह सार्वजनिक गरे।

स्मृतिमा चैत ३

२०४६ सालको राजनैतिक आन्दोलनबारे लेख्न थुप्रै संस्मरण बाँकी छन्। म र मजस्ता थुप्रै नागरिकको योगदान र बलिदानले सफल भएको २०४६ को जनआन्दोलनसँग जोडिएका दुईवटा अनुभूती चैत्र ३ को सन्दर्भमा राखेको छु।

डीआरको साहित्यिक ‘तिलस्मी’

गीतकार तथा साहित्यकार डिआरको पहिलो उपन्यास ‘तिलस्मी’ सार्वजनिक भएको छ । गत शनिबार राजधानीमा एक कार्यक्रमकाबीच प्राडा सुरेन्द्र केसी, समालोचक महेश पौडेल, डा. विष्णु राई, डा. विन्दु शर्मा र प्रकाशक पुष्पराज पौडेलले पुस्तक लोकार्पण गरे ।

ढकमक्क लालीगुराँस

साहित्यकार क्षेत्रप्रताप अधिकारीले लालीगुराँसलाई यसरी व्याख्या गरेका थिए। स्वरसम्राट नारायण गोपालले गाएको यो गीतमा लागिगुराँसलाई मानिसको मनसँग दाजिएको छ।

विन्दुका दुई कृति

साहित्यकार विन्दु शर्माका दुई कृति कवितासंग्रह ‘ओक्कल दोक्कल पिपल पात’ र समालोचना संग्रह ‘नेपाली समालोचनाका नवीन आयाम’ सार्वजनिक भएको छ।

साहित्यकार लिगल अभिनन्दित

नारी साहित्यकार गंगा लिगललाई भक्तपुरमा अभिनन्दन गरिएको छ। लिगलले कथा, कविता, खण्डकाव्य, मुक्तक, गीत, लघुकथा, उपन्यास आदि साहित्यका विविध विधाका दुई दर्जन भन्दा कृति प्रकाशनसँगै विदेशमासमेत साहित्यिक संस्था स्थापना गरेर नेपाली भाषा साहित्यको सेवा गरिरहेकी छिन्।

‘अद्भुत तिवारी’

साहित्यकार भुवनहरि सिग्देलको संस्मरणात्मक कृति ‘अद्भुत तिवारी’ सार्वजनिक भएको छ। राजधानीमा लेखक सिग्देलका दुई नातिनीहरूले पुस्तक सार्वजनिक गरे। सार्वजनिक भएलगत्तै कवि रेशम विरहीले पुस्तकका विषयमा प्राध्यापक राजेन्द्र सुवेदी, साहित्यकार नारायण ढकाल, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र लेखक सिग्देलबीच अन्तरक्रिया गरे।

घमाइला कविता

ऐतिहासिक नगरी पनौतिका सूर्यप्रसाद लाकोजू सक्रिय साहित्यकार हुन्। उनी गीत, कविता, मुक्तक र हाइकु लेख्छन्। उनको गीत संग्रह ‘सुसेली’, तीन वटा मुक्तक संग्रहहरु ‘भावनाका फूलहरु’, ‘फूलहरुको मेला’ र ‘शाश्वत श्वरहरु’, दुइटा कविता संग्रह ‘मेरो मन मेरो मीत’, ‘घामको चुम्बन’ अनि दुई हाइकू संग्रहहरु, ‘गुराँस फूल्ने मनहरु’ र ‘अक्षरका श्वरहरु’ प्रकाशित छन्।

प्रयोगधर्मी लेखक मोराशको महाप्रस्थान

नेपाली सिर्जनात्मक साहित्य, भाषा व्याकरण, समालोचना र प्राध्यापन क्षेत्रमा विशिष्ट योगदान पुर्याएका मोहनराज शर्मा (मोराश) को बिहीबार ८२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्मालाई पछिल्लो समय श्वासप्रश्वासमा समस्या देखिएको थियो।

जगदिशको सम्झना

साहित्यकार एवं समाजसेवी जगदिश घिमिरेको पाँचौ स्मृतिमा शनिबार सदरमुकाम मन्थलीमा साहित्यिक सभा र जगदिश घिमिरे साहित्यिक पुरस्कार वितरण कार्यक्रम गरिएको छ।

साहित्यकार बन्धु पुरस्कृत

साहित्यकार डा. चुडामणि बन्धु ‘तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कार’बाट पुरस्कृत भएका छन्। राजधानीमा हालै आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवले उनलाई पुरस्कृत गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्