१७ असार २०८१ सोमबार
image/svg+xml
कला

डीआरको साहित्यिक ‘तिलस्मी’

काठमाडौं – गीतकार तथा साहित्यकार डिआरको पहिलो उपन्यास ‘तिलस्मी’ सार्वजनिक भएको छ । गत शनिबार राजधानीमा एक कार्यक्रमकाबीच प्राडा सुरेन्द्र केसी, समालोचक महेश पौडेल, डा. विष्णु राई, डा. विन्दु शर्मा र प्रकाशक पुष्पराज पौडेलले पुस्तक लोकार्पण गरे ।

पुस्तकमाथि टिप्पणी गर्दै समालोचक पौडेलले आम मानिसको स्वतन्त्रताको अनुभवलाई कसरी परिभाषित गर्न सकिन्छ भन्ने कुरा पुस्तकमा उल्लेख रहेको बताए । ‘पुस्तकले पाठकलाई सामाजिक, राजनीतिक र नैतिक सन्देश दिन्छ । गरिब र सम्भ्रान्त वर्गबीचको खाडललाई पनि पुस्तकमा देखाइएको छ’, पौडेलले भने, ‘यो पुस्तक आफैमा प्रेमको तिलस्मी पनि हो ।’

अर्का समालोचक डा. राईले तिलस्मीको अर्थ अमूर्त रहेको दाबी गरे । ‘उपन्यास रहस्यमय किसिमको छ । मैले पनि १३ पृष्ठ पढिसकेपछि थाहा पाएँ । समाजमा देखिएको जातीय विभेदको कुरा पुस्तकमा उल्लेख छ’, डा. राईले भने । त्यस्तै डा. शर्माले पुस्तक अभिभावकले आफ्ना सन्ततिका लागि पढाउनु पर्ने र आफुले पढेर आफ्ना सन्ततिलाई प्रेरणा दिन सकिने विषय रहेको बताइन् ।

प्राडा केसीले नेपाली समाजको वास्तविक चित्रण उपन्यासले गरेको बताए । लेखक राईले आफुले धेरै मेहनत गरेर लेखेको पुस्तक नयाँ पुस्ताको लागि सकारात्मक सोचको विकास हुने बताए । ‘उपन्यासले सकारात्मक सन्देश प्रवाह गर्नेछ । पुस्तकमा एउटा युवाले आफ्नो सफलताका लागि हात पार्ने मेहनतलाई लेखेको छु’, उनले भने । पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।

प्रकाशित: २१ फाल्गुन २०७५ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App