३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

न्याय सेवामाथि आम जनताको विश्वास र भरोसा छः कानूनमन्त्री चौरसिया

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आम जनताको विश्वास र भरोसा न्याय सेवामाथि रहेको बताएका छन्।

बुधबार न्याय परिषद् दिवस, २०८१ को अवसरमा काठमाडौंमा  आयोजित कार्यक्रमलाई  सम्बोधन गर्दै मन्त्री चौरसियाले न्याय सेवालाई थप परिस्कृत र सुदृढिकरण गर्दै लग्नुपर्ने बताएका हुन्।

उनले कार्यपालिका अथवा कुनैपनि व्यक्तिबाट अन्याय भएको खण्डमा न्याय खोज्ने एक मात्र ठाउँ न्यायपालिका रहेको बताए। उनले न्याय सम्पादनका क्रममा न्यायाधीशहरु कार्यालय समयभन्दा ढिलोसम्म बसेर पनि काम गर्नुपर्ने अवस्थामा पनि सरकारले प्रोत्साहन भत्ता दिन नसकेकोमा दुखेसो गरे।

उनले भने, ‘नेपालको संविधानले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई सन्तुलनमा राखेको छ । आम जनताको विश्वास र भरोसा न्याय सेवामाथि रहेको छ । कार्यपालिका र कुनै व्यक्तिबाट अन्याय भएको खण्डमा सिधै न्यायपालिकामा जाने हो । न्यायपालिकाका श्रीमानहरुले जसरी बिहान ९ बजेदेखि कहिले कहीँ ढिला भएर साँझ ६/७ बजेसम्म इजलासमा बस्नुपर्ने र घरमा पुगेपछि त्यो फैसलाहरु लेख्दै बस्नुपर्छ । प्रोत्साहन भत्ता नपाउँदा पनि कर्मचारीहरुले समेत कार्यालय समयभन्दा बढी समय काम गर्दै आउनुभएको छ । न्याय क्षेत्रमा सरकारले बजेट पनि दिन सकेको छैन । देशको अवस्था आफैं नराम्रो स्थितिमा रहेको छ । युक्रेन युद्ध र कोरोनादेखि लिएर नेपालमा मन्दी छ।’  

प्रकाशित: ३ पुस २०८१ १७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App