१२ मंसिर २०८१ बुधबार
image/svg+xml
माधवप्रसाद नेपाल


माधवप्रसाद नेपालका लेखहरु :

धर्तीगान

सुरेश हाचेकाली स्थापित कवि हुन्। प्राचीन बिम्ब र मिथकहरुलाई कलात्मक रुपमा प्रस्तुत गरी जनजीवनसँग अन्तरघुलन गरेर कविता लेख्नु उनका विशेषता हुन्। हामी धेरैले मिथक भन्नेबित्तिकै पुराकथा, पुराविद्या, कल्पकथा, आदिम कथा भन्ने बुझ्छौं। मिथकको अर्थ यतिमै सीमित छैन। अमेरिकी समालोचक फिलिप ह्विलराइटले भनेका छन्, ‘मिथक सम्पूर्ण मानवका समग्र अनुभवहरुको अभिव्यक्ति हो।’ हाचेकालीको पछिल्लो कविता संग्रह ‘पृथ्वी सवाई’ यस्तै अनुभवहरूको सँगालो हो।

प्रयोगधर्मी लेखक मोराशको महाप्रस्थान

नेपाली सिर्जनात्मक साहित्य, भाषा व्याकरण, समालोचना र प्राध्यापन क्षेत्रमा विशिष्ट योगदान पुर्याएका मोहनराज शर्मा (मोराश) को बिहीबार ८२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्मालाई पछिल्लो समय श्वासप्रश्वासमा समस्या देखिएको थियो।

संस्कृत स्कुलका ती दिन...

घर नजिकै रहेको कमलादेवी प्राविबाट कक्षा ५ उत्तीर्ण गरेपछि मनमा नयाँ स्कुल उत्साह, अन्योल र खुसी तरंगित भइरहेका थिए। त्यतिबेला गाउँमा दुई ठूला स्कुल थिए– सिपा तीनघरे निमावि र ऐंसेलुखर्क मावि। पढाइ, अनुशासन र अतिरिक्त क्रियाकलापमा सिपा तीनघरे निमावि सिन्धुपाल्चोक जिल्लाभर अब्बल मानिन्थ्यो। कक्षा ७ सम्म पढाइ हुने भए पनि गाउँका धेरै मानिसको रोजाइ तीनघरे निमावि थियो।

नेपाली भाषा शिक्षकको मात्रै सम्पत्ति हो त ?

विगत एक महिनादेखि नेपाली विषय बचाउ अभियानका नाममा देशव्यापी रूपमा एक प्रकारको भाषिक आन्दोलन चर्किरहेको छ । अभियानको मुख्य माग कक्षा ११ र १२ दुवैमा अनिवार्य नेपाली न्यूनतम ४-४ पाठ्य घन्टा (क्रेडिट आवर) पढाइ हुनुपर्ने रहेको छ ।

नेपाली विषयका पक्षमा

‘मैले समग्र भारतको भ्रमण गरेको छु। मैले त्यहाँ कुनै माग्ने वा चोरीमा संलग्न व्यक्ति देखिनँ। मैले त्यहाँ उच्च नैतिक मूल्यमान्यतामा धनी र क्षमतावान् व्यक्तिहरु देखैँ। जबसम्म हामीले यो देशको बिरासतका रुपमा रहेका आध्यात्मिक एवम् सांस्कृतिक मूल्यमान्यतामाथि हस्तक्षेप गर्न सक्दैनौँ तबसम्म हामीले त्यो देशमाथि विजय प्राप्त गर्न सक्छौँ जस्तो मलाई लाग्दैन। त्यसैले म यहाँहरुसमक्ष प्रस्ताव गर्दछु, हामीले भारतको पुरातन र प्राचीन शिक्षा प्रणाली र त्यहाँको संस्कृतिलाई जरैदेखि उखेलिदिनुपर्दछ। हरेक भारतीयलाई उनीहरुको मौलिकताभन्दा अङ्ग्रेजी उत्कृष्ट छ भन्ने प्रभाव पार्न सकियो भने उनीहरुले आत्मसम्मान र देशको संस्कृति गुमाउनेछन्। परिणामस्वरुप उनीहरुमाथि हामीले चाहेको गर्न सक्छौँ र त्यो देश हाम्रो प्रभुत्वमा आउनेछ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्