२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

साहित्यकारलाई अभिनन्दन गरिने

काठमाडौं – प्रगतिशील लेखक संघ (प्रलेस)ले साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गर्ने भएको छ। बुधबार राजधानीमा कार्यक्रमको आयोजना गरेर प्रलेसले साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गर्ने जानकारी गराएको थियो।

‘साहित्यकार आनन्ददेव भट्टले साहित्य, शिक्षा र राजनीतिका क्षेत्रमा र देशको सामाजिक रूपान्तरणमा महत्वपूर्ण काम गरेका हुँदा अभिनन्दन गर्न लागिएको हो। उनले नेपालको बामपन्थी आन्दोलनमा र प्रगतिवादी साहित्यका माध्यमबाट समाज रुपान्तरणको काममा गरेका थिए,’ प्रलेसका अध्यक्ष जिवेन्द्रदेव गिरीले भने।

बिहीबार राजधानीमा आयोजना हुने कार्यक्रममा प्रलेसको नेतृत्वमा विभिन्न ८४ संस्थाले साहित्यकार भट्टलाई अभिनन्दन गर्दैछ। उनका कविता, कथा, समालोचना र खण्डकाव्य लगायतका २५ वटा कृति प्रकाशन भइसकेका छन्। हाल उनी विस्मृतिको रोग (अल्जाइमर) बाट पीडित छन्।

प्रकाशित: २२ फाल्गुन २०७६ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App