१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

रहेनन् साहित्यकार कृष्णप्रकाश श्रेष्ठ

साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ। नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत थिए। उनका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरुको नेपाली भाषामा अनुवाद कृति छन्।

विदेशमा बसेर नेपाली भाषा र साहित्यको विकासमा दिएको अतुलनीय योगदानवापत उनलाई विस २०५९ सालको जगदम्बाश्री पुरस्कारले सम्मानित गरिएको थियो। रुसमा पनि उनलाई पुश्किन स्वर्णपदक प्रदान गरिएको थियो।

प्रकाशित: १७ चैत्र २०७७ १२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App