२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

नगेन्द्रराज रेग्मीको 'कालजयी आवाजहरू' सार्वजनिक

साहित्यकार नगेन्द्रराज रेग्मीको 'कालजयी आवाजहरू सार्वजनिक' भएको छ । प्यासिफिक पब्लिकेशनबाट बजारमा आएको उक्त पुस्तकमा नेपाली सांगीतिक जगतका महान् सर्जकहरूलाई समावेश गरिएको छ।

उक्त पुस्तकमा वाइस जना गीतसंगीतका सष्टाको परिचय र प्रवृत्ति समेटिएको छ। रानुदेवी, कर्म योन्जन,दिलमाया खाती साथै मानबहादु मुखिया, वासु शशी रत्नशम्शेर थापा, नगेन्द्र थापा, यादव खरेल, अमरसिंह गिरी, कालीप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारी, हरिभक्त कटुवाल, हेम हमाल, शरण प्रधानजस्ता गीतकार र गणेश रसिक अरुणा लामा, कुमार सुब्बा, जितेन्द्र बर्देवा, योगेश वैद्य, प्रेमध्वज प्रधान शान्ति ठटाल, बच्चुकैलासजस्ता गायक तथा संगीतकारका घटनाहरु छोटकरीमा लेखिएको छ।  

खोटाङमा जन्मिए काठमाडौँलाई कार्यथलो बनाउँदै आएका रेग्मीको 'खोटाङ जिल्लाको साहित्यिक रुपरेखा २०५३' तथा बयालीस  जना साहित्यकारहरूको अन्तर्वार्ता 'स्रष्टा संवाद २०५९' प्रकाशन छन्।

प्रकाशित: ३ फाल्गुन २०७८ ०६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App