४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

१७ वर्षदेखि बेपत्ता छोराको बाटो हेर्दै ठगीमाया

‘यतिका समय बितेपनि काखको (कान्छो) छोराको खबर आएन,’ उनले गहभरि आँसु पारेर भनिन्, ‘अहिले, भरे नै टुप्लुक्क आएर आमा भनिहाल्छ कि भन्ने लागेर आँखा जतिबेलै आँगनतिरै गइरहन्छन्।’ घरको आर्थिक अवस्था कमजोर भएकाले कमाउन विदेश गएको छोराको अत्तोपत्तो नहुँदा ठगीमायाको छात्ती चिरिएको छ। छोरो हराएपछि घरमा पतिको समेत निधन भएकाले थामिनसक्नुको पीडा छ उनलाई।

मौलाउँदै साइबर ठगी

कानुनी अपूर्णताले यस्तो ठगीलाई बढावा दिँदै लगेको छ भने प्रहरी अनुसन्धानले दोषी पत्ता लगाउनै नसकिने अवस्था छ। ठगीको जालो घटनाहरूमा नजानिँदो किसिमले विदेशसम्म जोडिने गरेको छ। जसको कुनै पहिचान नै हुँदैन। ठगीमा आएको यो आधुनिक आयामले दिनहुँ तमाम मानिस ठगिने गरेका छन्। प्रहरीले दोषीहरू पत्ता नै लाउन नसक्दा कारबाहीको दायरामै ल्याउन सकिरहेको छैन।

डिजिटल तराजुमा तौल घटाएर कुखुरा किसानलाई ठगी

गोरखाबाट कुखुरा अन्यत्र ढुवानी गर्ने क्रममा सप्लायर्सबाट किसान ठगिने गरेको भेटिएको छ। बिक्रीका लागि तयार भएको कुखुरा खरिद गर्न आएका सप्लायर्सले डिजिटल तराजुमा कम तौल कायम गराएर किसान ठगेका हुन्।

भग्वान भेट्ने आशमा ठगिएका भन्छन्: ‘सुन,पैसा नदिए शिवजी खुसी हुँदैनन्, तिमीहरू मर्छौं’ भनेर तर्साए

उनले भनिन्, ‘मैले पनि विश्वासमा दिएँ र श्रीमान्को आयु ७८ वर्षसम्मको गाँसिदिएको छ भन्यो तर पछि थाहा भयो त्यो ठगी रहेछ।’ अर्का पीडित धनबहादुर दियालीले पनि विश्वकर्माले ठगिरहेको आरोप लगाए। ‘सुन, पैसा नदिए शिवजी खुसी हुँदैनन्, तिमीहरू मर्छौं’ भनेर तर्साएर ठगी गरेको बताए।

ठगी रोक्न शीघ्र प्रत्युत्तर टोली

सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुन सक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (र्‍यापिड रेस्पोन्स टिम) गठन गरेको छ।

फरार अभियुक्त पक्राउ

ठगी मुद्दामा आरोपित एक फरार अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। सिन्धुली जिल्ला अदालतबाट गत वर्षको पुस १७ गते पक्राउ पुर्जी जारी भएका अभियुक्त ३५ वर्षीय जनक पौडेललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

अमेरिका–युरोप मोहमा युवाः न विदेश, न सम्पत्ति

केही वर्षअघिसम्म रुकुमका मानबहादुर ओलीलाई दैनिक गुजारा चलाउन खासै समस्या थिएन। गाउँमा जग्गाजमिन पुग्नेजति थियो। मेहनत गरे पुग्नेजति उत्पादन सहजै लिन सकिन्थ्यो। तर उनको चाहना यतिमै रोकिएन। साथीको लहलहैमा लागेका उनलाई अमेरिकाको प्रलोभनले सतायो। र, यतिखेर त्यही प्रलोभनका कारण उनी घर न घाटका भएका छन्। अमेरिका जान भन्दै पुर्ख्याैली सम्पत्ति बेचेर दलाललाई ४० लाख रूपैयाँ बुझाएका उनको तीन वर्ष बित्दासमेत विदेश यात्रा सफल हुन सकेको छैन।

सङ्गठितरुपमा सहकारी ठगीको आरोपमा १२ पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) काअनुसार सहकारी ठगी गरेको आरोपमा प्रहरीले पूर्वकर्मचारीसहित विभिन्न पदमा कार्यरत १२ जनालाई पक्राउ गरेको छ।

मिर्गौला पीडितको नाममा ठगी गर्ने पक्राउ

मिर्गौलापीडित सहयोग रसिदमार्फत अवैध रुपमा पैसा उठाउनेलाई प्रहरीले पक्राउ गरेको हो। पाल्पा सदरमुकाम तानसेनबाट नगदसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

ठगी मुद्दामा कानून व्यवसायी नै पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ। कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो।

अलैंची ठगी गरेको आरोपका मुख्य योजनाकार पक्राउ

अघिल्लो वर्षको पुसमा अलैंची ठगी गरेको आरोपमा तेह्रथुम अठराई वडा नं. ५ घर भइ मोरङ सुन्दरहरैँचा वडा नं. ४ बस्ने ४३ वर्षे सुरेशकुमार भट्टराईंलाई प्रहरीले पक्राउ गरेको हो।

अर्बौं ठगीमा न्यून क्षतिपूर्ति

हरेक वर्ष एक अर्ब रूपैयाँ हाराहारी वैदेशिक रोजगारीको नाममा ठगी हुँदा औसतमा १०–१२ करोड रूपैयाँ क्षतिपूर्तिबापत पीडितले पाउने गर्छन्। यस्तो क्षतिपूर्ति पनि लामो दौडधुप र अनेक प्रयासपछि मात्रै हात लाग्छ।

नक्कली कागजात बनाई ७४ लाख ठगी, तीन पक्राउ

नेपाल प्रहरीले कामदार भिसामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग रु ७४ लाख नौ हजार ५०० ठगी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको छ।

फेसबुक ह्याक गरी ठगी गर्ने दुईजना पक्राउ

समस्याहरु देखाउँदै सापटीको रुपमा भनी मोवाईल बैङ्किङ मार्फत क्यु आर कोड र बैंक अकाउन्टमा नगद रकम जम्मा गर्न लगाई ठगी गरेको आरोपमा प्रदेश नं. १ को सुनसरी जिल्लाबाट दुई जनालाई पक्राउ गरी बुधबार रोल्पा ल्याइएको हो। उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखीएको छ।

सरकारी परिचयपत्र बनाएर ठगी गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा बुढाले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भिडेका थिए । यो नाम गरेको गाउँपालिका नेपालमै छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्