४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

अलैंची ठगी गरेको आरोपका मुख्य योजनाकार पक्राउ

छ हजार केजी अलैंची ठगी गरेको आरोपमा दस महिनापछि थप एक जनालाईं प्रहरीले पक्राउ गरेको छ। अघिल्लो वर्षको पुसमा अलैंची ठगी गरेको आरोपमा तेह्रथुम अठराई वडा नं. ५ घर भइ मोरङ सुन्दरहरैँचा वडा नं. ४ बस्ने ४३ वर्षे सुरेशकुमार भट्टराईंलाई प्रहरीले पक्राउ गरेको हो। 

उनलाई प्रहरीले अलैंची ठगीको मुख्य योजनाकारको रुपमा दस महिनादेखि सर्वाधिक खोजीको सूचीमा राखेको थियो। सुरेशकुमारलाईं तेह्रथुमको म्याङ्लुङ्मा लुकिछिपी बसेको सूचना पाएपछि प्रहरीले पक्राउ  गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो।  

घटना विवरण अनुसार २०७७ पुस ५ गते खोटाङ् साकेला गाउँपालिका वडा नं. २ का रञ्जित राईसहित गाउँका किसानले उत्पादन गरेको अलैची जम्मा गरी बिक्री गर्नको लागि सुरेशकुमारसँग सम्पर्क गरि इटहरी ल्याएका थिए। सुरेशकुमारले भने अनुसार नै सञ्जितको समूहले इटहरी वडा नं. ५ जनताबस्तीका शेषराज गुरुङको घरमा सटर भाडा लिई गोदाममा काम गर्ने एक जना बुढा मानिस समेतलाई अँलैची काटा गरी जिम्मा लगाएका थिए।  

बैंक बन्द भइ सकेकाले गर्दा भोलिपल्ट पैसा दिने सर्त थियो। तर, भोलिपल्ट बिहान रञ्जितसहितको समूह अलैची काटा गरेर राखेको गोदाममा पुग्दा अलैची राती नै गोदामबाट उठाएर लगि सकेको र  अलैची बूझी लिने ब्यक्तिको मोबाइलमा सम्पर्क गर्दा मोवाइल स्वीच अफ भएको थियो।  

पीडित किसान समूहले प्रहरीमा उजुरी गरेपछि फागुन १४ गते चार जनालाई इटहरी प्रहरीले पक्राउ गरेको थियो। त्यतिबेला पक्राउ परेकामध्ये इटहरी वडा नं. ७ का सरोज बोहोरा र भोजपुर रामप्रसादराई गाउँपालिका वडा नं. ६ का कमल थापा अदालतको आदेशमा धरौटीमा छुटेका छन्। प्रहरीले पक्राउ गरि मुद्दा चलाएका खोटाङ जन्तेढुङ्गा घर भइ झापा बिर्तामोड वडा न ४ का मात्रिका प्रसाद पोखरेल र दोलखा विगु  वडा नं. ८ का केशव दाहाल पुर्पक्षका लागि कारागार चलान भएका छन्।  

यसैबीच, बैंकमा जम्मा गरेको पैसा ग्राहकको किर्ते हस्ताक्षर गरेर रकम निकालेर फरार भएका बैंकका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरी बराहक्षेत्रको चतरास्थित सेञ्चुरी कर्मसियल बैंकको शाखा कार्यालयमा कार्यरत इलाम जिर्मले घर भई भइ अहिले रोङ् गाउँपालिका वडा नं. ६ का ३३ वर्षे केशब राईलाईं पक्राउ गरेको हो।  

शाखा कार्यालय चतराको सहायक पदमा कार्यरत कर्मचारी राईंले बैंकमा खाता सञ्चालन गरि रकम कारोवार गर्दै आएकी पार्वती बिष्टको खाताको रकम किर्ते हस्ताक्षर गरि विभिन्न समयमा २७ लाख रुपैयाँ निकालेर फरार भएका थिए। राईंलाई प्रहरीले इटहरी वडा नं. ४ तुलसा टोल बाट पक्राउ गरेको जानकारी दिइयो। राईविरुद्ध उच्च अदालत विराटनगरबाट ७ दिन म्याद थप गरि बैंकिङ् कसुर मुद्दामा थप अनुसन्धान भईरहेको प्रहरीले जनायो।

प्रकाशित: ७ आश्विन २०७८ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App