९ मंसिर २०८१ आइतबार
image/svg+xml

रोकियो तटबन्ध निर्माण

भारतीय पक्षले एकतर्फी रूपमा सिमाना मिचेर निर्माण गरिरहेको तटबन्धको काम भारतले रोकेको छ। नेपाली पक्षको व्यापक दबाबका कारण भारतीय पक्षले निर्माण कार्य रोक्न बाध्य भएको हो।रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले दुई देशका सम्बन्धित जिल्लाका पदाधिकारीहरूको बैठकले गरेको निर्णय विपरित भारतीय पक्षले रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको भारतको सिमानाको दशगजा क्षेत्रमा भारतले तटबन्धको अनधिकृत विस्तार थालेपछि रोक्न पहल गरेका थिए।

लिपुलेकमा भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन (फोटो फिचर)

लिपुलेकमा भारतले गरेको सडक विस्तारको विरोध गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। बानेश्वर संसद भवन नजिक युवाहरुले सेभ द बोर्डरको नारा लगाएका थिए। बानेश्वरको पानीट्याङकीबाट संसद भवनतर्फ आइरहेको टोलीलाई प्रहरीले रोकेको थियो।

बैतडीमा एक सय योजनालाई निर्माणको अनुमति

लकडाउनमा जिल्लामा रोकिएका विकास निर्माणका आयोजना अघि बढ्ने भएका छन्। सावधानी अपनाएर निर्माण कार्य अघि बढाउने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेपछि विकास निर्माणका काम सञ्चालन हुन थालेका हुन्।

अवरुद्ध पुलको काम सुरु गर्ने स्वीकृतिका लागि प्रशासनलाई आग्रह

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनका कारण अवरुद्ध भएको साप्सु खोला पुलको काम सुचारु गर्ने स्वीकृति दिन प्रशासनलाई आग्रह गरेको छ ।

बेलिब्रिज निकाल्ने तयारीसँगै खाद्य एबं निर्माण सामग्री ढुवानीको हतारो

सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज निकाल्ने तयारीसँगै खोटाङका विभिन्न स्थानीय तहले उपभोग्यवस्तु एबं निर्माण सामग्री ढुवानीको तयारी थालेको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटामा लगाइएको अस्थायी बेलिब्रज बर्षा सुरु भएसँगै निकाल्न लागिएको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले सो बेलिब्रज निकाल्न अगावै उपभोग्यवस्तु एबं निर्माण सामग्री भित्र्याउने तयारी थालेको हो ।

मदन भण्डारी राजमार्गको निर्माण सुरु, ७५ प्रतिशत काम सम्पन्न

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीका कारण चैत १० गतेदेखि रोकिएको निर्माणाधिन मदनभण्डारी राजमार्गको काम सुरु भएको छ । राष्ट्रिय गौरबको आयोजना धरान—चतरा—सिन्धुली—हेटौँडा सडकको निर्माण कार्य उच्च सतर्कता अपनाएर सुरु भएको आयोजनाले जनाएको छ ।

लकडाउन उल्लंघन गरी सडक निर्माणको काम गर्ने सवारी नियन्त्रणमा

कोरोना संक्रमण रोक्नका लागि भइरहेको बन्दाबन्दी (लकडाउन) उल्लंघन गरेर सडक निर्माणको काममा प्रयोग गरिएका निर्माणका साधनहरुलाई प्रहरीले मंगलबार बेलुका नियन्त्रणमा लिएको छ । मुलपानी–फलाटे–रानीघाट सडक निर्माणमा प्रयोग गरिएका दुई वटा स्काभेटर, दुई वटा जेसिवी, दुई वटा टिप्पर र एक बोलेरो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

रसुवामा लकडाउनको कारण रोकिएका विकास निर्माणका आयोजना सञ्चालनमा ल्याइने

रसुवामा लकडाउनको कारण रोकिएका विकास निर्माणका आयोजनाहरू सञ्चालनमा ल्याइने भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणको प्रमुख रणनीति लकडाउन अर्थात बन्दाबन्दीलाई पूर्ण कार्यान्वयन गरेर आयोजनाहरू सञ्चालनमा ल्याउन लागिएको हो ।

लकडाउनसँंगै भक्तपुरमा धमाधम विकास निर्माणका काम

देशैभरि विकास निर्माणका कामहरु रोकिराखेका बेला भक्तपुरमा भने लकडाउनसँंगै धमाधम विकास निर्माणका कामहरु हुन थालेका छन् । भक्तपुरको पाँंचतल्ले जिर्णाेद्धारदेखि विकास निर्माणका विभिन्न कामहरु यहाँं पछिल्लो समय धमाधम हुन थालेका छन् ।

भूकम्पको पाँच वर्ष पुरा, पुननिर्माणको काम अझैं बाँकी

२०७२ सालमा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको पाँच वर्ष पूरा भएको छ। गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते आजकै दिन ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो।

लकडाउनको समयमा पनि पुल निर्माणको काम जारी

निर्माण कार्य सक्ने सम्झौताअघि नै काम सक्ने गरी लकडाउनकै समयमा पुल निर्माणको काम जारी छ । लकडाउनका कारण देश भरीका अधिकांश विकास निर्माणका काम ठप्प रहेका समयमा डडेल्धुरामा भने पुल निर्माण कार्य जारी छ । कोरोना भाइरसको संत्रासका बीचमा पनि पुल निर्माणको काम जारी रहेको हो ।

पुष्पलाल लोकमार्गमा ८१ पुल तयार

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत पर्ने ८१ वटा पक्की पुलको निर्माण सकिएको छ । लोकमार्गमा एक सय २९ वटा पुल निर्माणधीन अवस्थामा रहेकामा ४८ बनाउन बाँकी छ ।

कर्णालीमा विकास निर्माणका काम नरोकिने

कर्णाली प्रदेश सरकारले कर्णालीमा सीमित जनशक्तिबाट नियन्त्रितरूपमा मेसिनऔजारको प्रयोग गरी सञ्चालन हुने विकास निर्माणका कार्य सञ्चालन हुन दिने निर्णय गरेको छ। कोभिड¬–१९ अर्थात् कोरोना भाइरस रोकथाम र नियन्त्रणलाई मध्यनजर राख्दै लकडाउनको पालनाको लागि बढी जनशक्ति प्रयोग हुनेबाहेकका विकास निर्माणका कार्य सञ्चालन गर्न दिने मंगलबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्