२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

लकडाउनसँंगै भक्तपुरमा धमाधम विकास निर्माणका काम

भक्तपुर नगरपालिका वडा नं ८ को पुरानो जगातीमा विकास निर्माण कार्य अन्तर्गत खानेपानीको पाइप विछ्याउनका लागि खन्दै मजदुरहरु । तस्बिर : कृष्ण किसी

भक्तपुर- देशैभरि विकास निर्माणका कामहरु रोकिराखेका बेला भक्तपुरमा भने लकडाउनसँंगै धमाधम विकास निर्माणका कामहरु हुन थालेका छन् । भक्तपुरको पाँंचतल्ले जिर्णाेद्धारदेखि विकास निर्माणका विभिन्न कामहरु यहाँं पछिल्लो समय धमाधम हुन थालेका छन् । लकडाउनपछि रोकिराखेका विकास निर्माणका कामहरुले पछिल्लो समय यहाँ तीव्रता पाउन थालेका छन् ।

लकडाउनको प्रारम्भ भएसँंगै यहाँंको विश्वप्रसिद्ध पाँंचतल्ले मन्दिरको जिर्णाेद्धार कार्य रोकिएको थियो । जिर्णोद्धार रोकिएको २६ दिनपछि जिल्ला प्रसाशन कार्यालय भक्तपुरसँगको समन्वयमा बैशाख ६ गतेदेखि जिर्णाेद्धारको काम पुनः थालिएको छ । करिव एक महिनासम्म जिर्णोद्धारका काम रोक्नुपर्दा समस्या हुनसक्ने देखेर जिर्णाेद्धार सुरु गरिएको जनाइएको छ ।

पाँचतल्ले मन्दिर जिर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष केशव तमखूले बर्षातको समय सुरु हुनु अगाबै जिर्णोद्धार पूरा गर्नका लागि लकडाउनकोवीचमा पनि पुनः काम सुरु गरेको जनाए । वर्षात सुरु हुन अगाडि नै काम नसके पानी चुहिएर समस्या पार्न सक्ने सम्भावना भएकाले लकडाउनको समयमै जिर्णोद्धारका कार्य गर्नुपरेको अध्यक्ष तमखूले जनाए । भूकम्प गएको चार वर्षपछि गत मसिरबाट भक्तपुर नगरपालिकाले मन्दिरको जिर्णाेद्धार कार्य थालेको थियो । नगरपालिकाले आफ्नै स्रोतबाट जिर्णोद्धार थालिएको हो । जिर्णोद्धारका लागि ६५ लाख लागत इस्टिमेट गरिएको छ ।

सुरुमा मर्मत सम्भार मात्र गर्ने गरी भएको जिर्णोद्धारकाक्रममा सम्पदाविद्हरुले गरेको थप अध्ययन अनुसन्धानपश्चात् मन्दिरको पाँचौ तल्ला पूर्णरुपले भत्काएर निर्माण गर्ने गरी काम अगाडि बढाएको हो । १९९० सालको महाभूकम्पबाट पाँचौ तल्ला भत्किएकोे मन्दिर २०५६ सालमा पनि जिर्णोद्धार भएकाले २ं०७२ सालको महाभूकम्पमा भत्कन नपाएको विज्ञहरु बताउँंछन् । यही कारण विगत तीन सय वर्षदेखि विश्व सम्पदा सूचिमा सूचिकृत यो मन्दिर अहिले पनि जस्ताको तस्तै उभिएको अवस्थामा छ ।

मठमन्दिर, पाटीपौवाका साथै यहाँंका पुलहरु पनि बनिरहेका छन् । भक्तपुर नगरपालिका वडा नं ७ हनुमानघाटस्थित एउटा पुलको पुनर्निर्माणको क्रममा यही हप्ता (सोमबार) मात्रै ढलान गरिएको थियो । स्थानीय उपभोक्ता समितिमार्फत दुई करोड २८ लाख तीन सय ९३ रुपैयाँंको लागत इष्टमेटमा सुरु भई लकडाउनसँंगै रोकिएको छिपा ताँं (हनुमन्ते पुल)को पुलमा ढलान कार्य भएको थियो । यीसँंगै यहाँं वडावडामा मठमन्दिर, पाटीपौवा, पुलको पुननिर्माण, जिर्णाेद्धारका कामहरु सुरु भएका छन् । साथै भूकम्पले भत्केका निजी घरहरुको पुननिर्माण पनि सुरु भएका छन् ।  

 

प्रकाशित: १२ वैशाख २०७७ १५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App