२३ वैशाख २०८१ आइतबार
image/svg+xml

संविधानको पुनर्मूल्यांकन गर्ने बेला भएको छैनः प्रथम राष्ट्रपति यादव

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन्।

सामाजिक विषयको पढाइ नेपाली र अंग्रेजी दुवै भाषामा

पाठ्यक्रम तथा मूल्यांकन परिषदले विद्यालय तहको सामाजिक अध्ययन विषय नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्न पाइने निर्णय गरेको छ।

फुङ्लिङमा दुई दिने अनुशिक्षण सुरु

स्थानीय तहको कार्य प्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न तथा विकास र सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिइ आवधिक समिक्षाको आधार प्राप्त गर्न संस्थागत क्षमता स्वमूल्यांकन गरिन्छ।

सरकारले प्रधानसेनापतिलाई आईपीएसको कार्यक्रममा पठाएर देश द्वन्द्वतिर धकेल्योः रावल

सांसद रावलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा संलग्न हुँदैनौँ भनेर पत्र पठाएको भनेपनि प्रधानसेनापतिलाई आईपीएसको कार्यक्रममा पठाएर नेपाललाई द्वन्द्वतिर धकेलेको बताए। उनले सरकार विदेशी शक्तिसँग घुँडा टेकेर र थर्कमान भएर जनता र जनताका प्रतिनिधिहरुलाई एसपीपीको बारेमा पूर्ण जानकारी गराउन डराइरहेको बताए।

विकास: तथ्यांक कि गुणात्मकतामा ?

निर्वाचनको माहोल यति ऊर्जामय बनिरहेको छ कि अब सबै ध्यान विकासमा केन्द्रित हुन थालेको भान हुन्छ। विकासको उत्कृष्ट मापदण्ड भनेकै संख्यात्मक रूपमा के कति परिवर्तन भयो त्यसको मापन हो।

धादिङको नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका देशभरमै उत्कृष्ट बनेको छ।

स्थानीय तथा सुशासन मूल्यांकन: पहिलो स्थानमा नीलकण्ठ अन्तिममा मकालु

मन्त्रालयका अनुसार प्रदेश १ का १३७ स्थानीय तहमध्ये १३१ स्थानीय तह मूल्यांकन प्रक्रियामा सहभागी भए। बाँकी स्थानीय तहले मूल्यांकनका लागि सफ्टवयर फाराम भरेनन्। मधेस प्रदेशका १३६ मध्ये ११२, वाग्मतीका ११९ मध्ये ११४, गण्डकीका ८५ मध्ये ८४, लुम्बिनीका १०९ मध्ये १०७ तथा कर्णाली प्रदेशका ८९ स्थानीय तहमध्ये ६२ स्थानीय तह मूल्यांकन प्रक्रियामा सहभागी भएका छन्।

लुम्बिनी जनरल इन्स्योरेन्सको तालिम

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले उदयपुरको गाईघाटमा बिमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम सम्पन्न गरेको छ।

दोधारा चाँदनी सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्यांकन सुरु

दोधारा चाँदनी सुक्खा बन्दरगाह/एकीकृत जाँचचौकीको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सुरु भएको छ। सुदूरपश्चिम प्रदेशको मुहार फेर्ने आशा गरिएको दोधारा–चाँदनी सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना अनुसार वातावरणीय प्रभाव मूल्यांकन गर्न लागिएको हो।

मापदण्ड अपनाएर काठमाडौंमा असोजदेखि विद्यालय खुल्ने

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय तहका शिक्षा हेर्ने प्रतिनिधि र जिल्ला विकास तथा समन्वय एकाइका प्रमुखहरूको सहभागितामा सोमबार दिउँसो बसेको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

डामाडोल शैक्षिक क्षेत्र

अकस्मात् सिर्जना भएको समस्याका कारण गत वर्ष परीक्षाको मापदण्ड विकसित गर्न नसकिएको भए पनि यस वर्ष विगतका कमजोरीमा सुधार ल्याउने पर्याप्त समय थियो। विडम्बना, यसपटकको एसइई नतिजा समेत झनै अविश्वसनीय बन्न पुग्यो।

आन्तरिक मूल्यांकनबाट परीक्षाफल सार्वजनिक गर्दै स्थानीय तह

कोभिड–१९ का कारण परीक्षा हुन नसक्दा शैक्षिक कार्यतालिका नै प्रभावित हुने अवस्था आएपछि खोटाङका स्थानीय तहले २०७७ सालको शैक्षिक नतिजा प्रकाशनका लागि आ–आफ्नै विधि अपनाउने तयारी गरेको छ ।

एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिने

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस पटक पनि कोभिड संक्रमणको उच्च जोखिम बढ्दै गएकाले एसइई आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले बताए।

कक्षा ८ को वार्षिक परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्न निर्देशन

कोरोना महामारीको दोस्रो लहरको जोखिम बढ्दै गएको र विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सम्पन्न गर्न नसक्ने अवस्था नभएकाले आन्तरिक मूल्यांकनकै आधारमा परीक्षा सम्पन्न गर्नुपर्ने विभागको निर्देशन छ।

स्थानीय तहका शैक्षिक कार्यको मूल्यांकन

स्थानीय तहले आफ्ना क्षेत्रका सबै विद्यालयको विद्यालय सुधार योजना, वार्षिक योजना, कार्यतालिकासंकलन गर्ने र समीक्षा गर्ने तथा निर्माण गर्न नसक्ने विद्यालयलाई निर्माणमा सहयोग पर्‍याइनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्