१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नेकपा एकताका लागि चिनियाँ राजदूतको दौडधूप

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि नेकपालाई विभाजनबाट रोक्न चिनियाँ उच्च अधिकारी सक्रिय भएका छन् । सो क्रममा दुई दिनयता चिनियाँ राजदूत होउ यान्छीले नेकपा ओली समूहका नेतासँग भेटघाट गरेकी छिन् ।

कोभ्याक्स खोप यसै साता

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा स्थापना भएको कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो खेप नेपालमा यसै साताको अन्तसम्ममा आउने भएको छ। कोभ्याक्स सुविधाअन्तर्गत अग्रपंक्तिमा रहेर काम गर्ने कुल ११ लाख नेपालीलाई खोप उपलब्ध गराउने भनेकोमा पहिलो लटमा ३ लाख ४८ हजार खोपको डोज केही दिनमै नेपाल आउन लागेको हो।

प्रम ओलीबाहेकले सूर्य चिन्ह दाबी गर्न मिल्दैनः मन्त्री रायमाझी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल बाहेकले सूर्य चिन्ह दाबी गर्न नमिल्ने बताएका छन्।

चिनी उद्योगले उखु पाउनै छोडे

उद्योगीको दादागिरीबाट आजित किसानले उखु खेती मासेका छन्। भएकाले पनि उद्योगलाई उखु दिनै छाडेका छन। यही कारण यहाँका तीनवटा चिनी मिल सञ्चालन हुन सकिरहेका छैनन्। सुस्तामा रहेको बाग्मती सुगर मिलले मंसिर दोस्रो साता क्रसिङ सुरु गरेको थियो। पर्याप्त उखु नपाएपछि एक साता नहुँदै मिल बन्द गरियो।

घातक चिन्ताबाट कसरी मुक्त हुने ?

उखानै छ– चिन्ताले चितामा पुर्‍याउँछ । यद्यपि, चिन्ता आफैँमा रोग होइन । तर, यसले थुप्रै शारीरिक तथा मानसिक रोगलाई जन्म दिने भएकाले मानव स्वास्थ्यका लागि यो घातक मानिन्छ । चिन्ताले गर्ने हानि डिप्रेसन निम्त्याउँछ चिन्ता र तनाव कम गर्न अथवा व्यवस्थापन गर्न सकिएन भने यसले डिप्रेसन र साथै अन्य कडा खालका मानसिक रोग निम्त्याउँछ । रोग लगाउँछ चिन्ता र तनाव लिने व्यक्तिमा क्यान्सर, फोक्सोसम्बन्धी रोग, लिभर सिरोसिस, उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्ने जोखिम बढी रहेको विभिन्न अनुसन्धानले देखाएका छन् ।

चिनी उद्योगले उखु पाउनै छोडे

चिनी उद्योगीको लगातारको दादागिरी र सरकारी उदासिनताले अहिले उखु किसानलाइ मात्रै हैन चिनी उद्योगलाइ पनि धरासायी बनाएको छ । उद्योगीको दादागिरीबाट आजित भएका किसानले उखु खेती मासेका छन् । भएकाले पनि उद्योगलाइ उखु दिनै छाडेका छन् ।

रसुवागढी नाकाबाट साढे ६ महिनामा ७२ टन चिनियाँ खाद्य सामग्री आयात

चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै साढे ६ महिनामा ७२ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ। गएको साउनदेखि हालसम्म ७२.८ टन खाद्य सामग्री आयात भएको हो। खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ।

रोजगारी चिन्तन

सन् २०१९ को अन्त्यमा चीनको वुहान सहरबाट सुरु भएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट अहिले विश्व आक्रान्त छ । कोरोना भाइरस संक्रमणको प्रभावबाट कुनै मुलुक अछूतो रहन सकेको छैन ।

भागरथी हत्या प्रकरणः अपराधी उम्कन सक्ने भन्दै स्थानीय चिन्तित

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको माघ २१ गते विद्यालयबाट घर फर्कंदै गर्दा भएको बलात्कारपछिको हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन। प्रहरीले सबै संयन्त्र प्रयोग गरिरहे पनि हत्यारासम्म पुग्ने भरपर्दो सुराक नभेट्दा अनुसन्धान जारी छ। प्रहरी अनुसन्धान लम्बिँदै जाँदा स्थानीय भने अपराधी उम्कन सक्ने भन्दै चिन्तित बनेका छन्।

चीनको होइन आफ्नै चिन्ता

सम्मेलनका लागि तीन–चारपटक नेपालमा पुगेका राजनीतिशास्त्रका एक चिनियाँ प्राध्यापकले चीनको एक सहरमा भेटघाट हुँदा रमाइलो अनुभव सुनाएका थिए- ‘नेपालबाट फर्केपछि मोबाइलमा नेपालका साथीहरूको यति धेरै म्यासेज आउन थाल्यो कि पछिपछि त हेर्न पनि छाडिदिएँ ।’

चीनको असहयोगले चिनियाँ सामान भारत हुँदै आयात

नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार उत्तरी छिमेकी चीनले असहयोग गरेपछि व्यापारीले चीनबाट ल्याउने सामान भारतको बाटो हुँदै ल्याउन थालेका छन्।

क्षेत्रीय विमानस्थल, पोखराको पौरख

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई निर्माण सक्न दिइएको ‘डेटलाइन’ आगामी जुलाई १० हो। बाहिरबाट झट्ट हेर्दा आयोजनाको गति तीव्र नै देखिन्छ। गौरवका भनिएका अन्यत्रका ठूला आयोजनाको भौतिक प्रगतिमा निकै ढिलाइ भइरहँदा निर्माण थालेको झन्डै ३ वर्षको अवधिमा यो विमानस्थल निर्माणमा भएको प्रगतिलाई पोखरेलीले सन्तोषजनक रूपमै लिएका पनि छन्। किनकि समष्टिगत भौतिक प्रगति पनि करिब ७० प्रतिशत भइसकेको छ।

पार्टीको नाम र सुर्य चिन्ह हाम्रो नभए देशमा आँधीहुरी आउँछ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम र सुर्य चिन्ह आफूहरुको हुने दाबी गरेका छन्।

नेकपा विवाद मिलाउन चिनियाँ कसरत

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि चिनियाँ अधिकारीहरू जुटाउने कसरतमा छन्। रसुवा हुँदै नेपाल आएको तीन सदस्यीय चिनियाँ टोलीले नेकपामा नेताहरूको व्यवस्थापन गर्न नसक्दा समस्या आएको निर्क्यौल निकालेको छ।

युद्ध तयारीका लागि चीनले गर्‍याे राष्ट्रिय सुरक्षा कानुन संशोधन

योसँगै सी नै प्रमुख रहेका सेन्ट्रल मिलिटरी कमिसन (सिएमसी) ले राष्ट्रिय सुरक्षाका लागि सैनिक तैनाथ गर्ने प्रशस्त अधिकार प्राप्त गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्