८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्ध तयारीका लागि चीनले गर्‍याे राष्ट्रिय सुरक्षा कानुन संशोधन

सी चिनफिङ

चीनको राष्ट्रिय सुरक्षासम्बन्धी कानुन संशोधनमा राष्ट्रपति सी चिनफिङले हस्ताक्षर गरेका छन्।

योसँगै सी नै प्रमुख रहेका सेन्ट्रल मिलिटरी कमिसन (सिएमसी) ले राष्ट्रिय सुरक्षाका लागि सैनिक तैनाथ गर्ने प्रशस्त अधिकार प्राप्त गर्नेछ।  

चीनको समाचार एजेन्सी सिन्हुआलाई उधृत गर्दै भारतीय पत्रिका द हिन्दुले लेखेको छ- राष्ट्रिय सुरक्षासम्बन्धी कानुन संशोधन युद्धको तयारी र सैन्य शक्ति वृद्धिमा केन्द्रित छ।

संशोधित कानुनअनुसार अब चीनको सम्प्रभुता, एकता, क्षेत्रीय अखण्डता, सुरक्षा वा विकासमा कुनै खतरा उत्पन्न भयो भने राष्ट्रिय एवं स्थानीय स्तरमा सेना तैनाथ गर्न सकिने बताइएको छ।  

प्रकाशित: २० पुस २०७७ ०९:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App